बुधबार, चैत्र ६, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जनकल्याण सामुदायीक वन फलेविसौना उपभोक्ताको मन जित्दै (भिडियो सहित)

कैलाली । देशभरीका सामुदायिक वनहरु स्थानीय उपभोक्ता समुहरुलाई नै जिम्मा लगाएर समुदाय स्तरबाट नै वनको सम्र्बद्धन र संरक्षणको जिम्माको प्रक्रिया सुरु भएको नेपालमा लामो समय भइसकेको छ । गाउँ गाउँमा रहेको सामुदायिक वनको जिम्मा स्थानीय उपभोक्ता समुहहरुको जिम्मामा दिँदा वनको संरक्षण हुने र उपभोक्ता समितिका सदस्यहरुलाई आवश्यक पर्दा सहयोग पुग्ने भएपछि वन उपभोक्ता समितिलाई जिम्मा लगाउन थालिएको हो ।कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो । मंगलबार सामुदायिक वनको आम भेला तथा वार्षिक आय व्याय प्रस्तुत कार्यक्रममा वनका अध्यक्ष जनक गिरीले वनको आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र तथा डिप बोरिङ मर्मत , सडक ग्राभेल,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने गरेको बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवनमा सुधारको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो । उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको पनि बताउनुभयो । सामुदायिक वनले आफ्ना नयाँ कार्यक्रम अन्तर्गत यसवर्ष पनि वन क्षेत्रको विकासका लागि डढेलो नियन्त्रण ,गस्ती परिचालन ,ढढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम,अग्नि नियन्त्रण सम्बन्धि प्रचारप्रसार तथा सामाग्री,चोरी निकासी रोक्न तारबार, बृक्षारोपण, गोडमेल ,झाडी सरसफाइ लगाएतका कार्यक्रम गर्ने जनाएको छ । यी कार्यक्रममा समेत स्थानीय उपभोक्ता कै सहभागी हुनेहुदा रोजगारीको आधार समेत सामुदायिक वनबाटै हुने अध्यक्ष जनक गिरीले बताउनुभयो । यतिमात्र नभई जनकल्याण सामुदायिक वनले उपभोक्ताको सेवाका लागि करिव १९ लाख ८० हजार ८ सय ५० रूपैयाँ बराबरको ट्रयाक्टर खरिद गरिएको थियो त्यस ट्रयाक्टर बाट उपभोक्ता हितका लागि सुफत मूल्यमा सेवा गरी रहेको बताउनु भयो ।यसैगरी वार्षिक कार्य योजना अनुसार सडक ग्राबिल विकासको लागि २ लाख वजेट विनियोजन गरिएको छ जुन काम फलेबिसौना गाउँका विभिन्न खाल्डा खुल्डी पुर्दै ग्राइविल गरिनेछ अध्यक्ष गिरिले वैज्ञानिक मिडियालाई जानकारी दिनुभयो त्यसै गरी,चाँदनी बाल विकासका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ। शान्ति माध्यमिक विद्यालयलाई ५ लाख विनियोजन गरिएको छ। फलेबिसौना कृषि हाटबजार व्यवस्थापनका १ लाख विनियोजन गरिएको छ। दुई वटा डिप बोरिङ मर्मतको लागि ४ लाख विनियोजन गरिएको छ। काँटेतार घेरबारमा ५ लाख विनियोजन गरिएको छ। सामुदायीक वन कार्यालयको दुईकोठे पक्की शौचालय निर्माण २ लाख विनियोजन गरिएको छ। सभाहल निर्माणको लागि १ लाख ५० हजार विनियोजन गरिएको छ। झाडी सरसफाई १ लाख विनियोजन गरिएको छ। वृक्षारोपण १ लाख विनियोजन गरिएको छ। टीपसन समुदायिक भवन १ लाख विनियोजन गरिएको छ।१ सय ४० घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले दावी गरेको छ ।सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । आम भेला तथा आयव्यय प्रस्तुत कार्यक्रममा श्री जनकल्याण सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरी रहनु भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै वडा अध्यक्ष गिरीले जन मुखी बजेट बिनिजन गर्नु पर्ने गरीब तथा असहायलाई सहयोग गर्नु पर्ने विकासमा महत्वपुर्ण ध्यान दिनुपर्ने बताउनु भयो भनिन्छ हरियो वन नेपालको धन सामुदायिक वन समुदायको शान बन्दै गएको छ । नेपालका कुनाकन्द्रामा रहेका सामुदायिक वन विश्वमा नै नमूना बन्न सफल भएका छन् । पछिल्लो समय सामुदायिक वन उपभोक्ता समूहको जीविकापार्जन माध्यम बनेका छन्। समुदायमा आधारित सामुदायिक वन स्थानीय उपभोक्ताकै हितमा छन् । सामुदायिक वन बैकल्पिक आम्दानीको बाटो रोज्दै समुदायलाई जीविकोपार्जनमा सहयोग गर्ने सफल भएका छन् । ‘समृद्धि, सुशासन र दिगो वन व्यवस्थापन, लैंगिक समानता गरीबी न्यूनीकरणका लागि वन संरक्षण र लैंगिक समानता’ का विभिन्न कार्यक्रम छन् । चोरीनिकासी पूर्ण रुपमा वन्द भई उजाड डाँडा हरियालीमा परिणत भएको छ। सबैले उपभोक्ता समूहले वन जोगाउन लागनु पर्ने वडा अध्यक्ष गिरीले बताए हुन ।कार्यक्रममा कार्यपालिका सदस्य नानी दमाई, महिला वडा सदस्य कोकिला भण्डारी, वडा सदस्य मानबहादुर बिष्ट,सब डिभिजन वन कार्यालय फलेविसौना प्रतिनिधि नवराज भण्डारी, जनचेतना सामुदायीक वन उपभोक्ता समूहका सहसचिव कमल केसी, हिमालय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धन बहादुर गिरी , चाँदनी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सुनार , बडपानी सिंचाईका अध्यक्ष प्रदीप बटला, समाजसेवी दानबहादुर पुन र धनराज बुढा लगायतका अतिथिहरुले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सामुदायिक बनका कार्यालय सचिव विष्णुबहादुर बुढाले ५५ लाख ५ सय बराबरको वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो । नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावक हुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ । भिडियो सहित

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation