मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

पृथ्वीपुर गुरही कार्यक्रममा १ दर्जन भन्द बढी कलाकार आउने को को हुन कलाकार ?

कैलाली । पृथ्वीपुरमा यस वर्ष पनि गुरहिको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । गुरही सांस्कृतिक कार्यक्रमको एक भव्य कार्यक्रमका विच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवँरले एक भव्य सांस्कृतिक कार्यक्रमको उटघाटन गर्ने कार्यक्रम रहेका छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुरमा श्री जनजागरण युवा क्लबले हरेक वर्ष जस्तै यो वर्ष पनि गुरही असरैना कार्यक्रमको आयोजना गर्न लागेको छ ।

 

“थारु भाषा कला,सांस्कृति हमार पहिचान,यकर संरक्षण कर्ना हमार साझा अभियान “ भन्ने नाराका साथ गुरही असरैना कार्यक्रम सावन २५ गते दिउँसो ३ बजे देखि संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि मनउदै आएको गुरही असरैना कार्यक्रम यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सहभागीतामा सांस्कृतिक कार्यक्रम गरि मनाउने आयोजकले जानकारी दिएको छ ।

 

उक्त गुरही सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारका साथै टिकटक स्तरको पनि प्रस्तुती रहने आयोजक जनजागरण युवा क्लवले जानकारी दिएको छ ।बर्दगोरिया ६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट थारु समाजमा हराउदै गै रहेको परमपरागत चलनहरुको पुनः स्थापित गराउन यस्तो कार्यक्रमको आवश्यकता रहेको क्लवले औल्याएको छ । यसरी समाजमा रहेको पौराणीक चलनले नै सभ्य समाज निर्माण हुनु र पहिचान जर्गेना गर्न सकिने समाजका जानकारहरुले बताएका छन ।

 

बर्दगोरिया ६ न वडामा थारु रितिरिवाज अनुसार गुरही असरैना (सेलाउने) चलनको प्रचार प्रसार र पृथ्वीपुर नमुना गाउँ बनाउने उदेश्यले गुरही असरैना कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिएका छन ।

 

गुरही असरैना कार्यक्रम परापुर्ब काल देखिनै मानउने प्रचान छ । आज भोली संस्कृति संरक्षण गर्ने र प्रचार प्रसार हुने भएकोले सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने युवा पुस्ता वढी उत्साहित देखिन्छन ।विशेष त यो पर्व थारु समुदायको पहिलो तिहुवारको रुपमा मान्ने गरिन्छ । गुरहि पर्व थारु समाजले मनाउने भए पनि नाग पंचमी भने सवै नेपालीहरुले मनाउने गर्दछन । कैलालीका विभिन्न क्षेत्रका साथै आसपासका गाउँ टोल तथा अन्य गाउँपालिका बाट समेत गुरही असरैना कार्यक्रममा सहभागीका हुने आयोजको विश्वास रहेको छ ।

 

गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृती र मौलिकता झल्काउने भेष भुसा र , सांस्कृतिक झाकी सहितको ,प्रदर्शन गरिने सास्कृतिक संयोजक सागर चौधरीले बताएका छन । कुनै पनि जाती तथा समाजको पहिचान भनेको नै कला संस्कृति रहेकोले कला,संकृतिको प्रबर्द्धन गर्नु सवैको दायित्व हो ।

 

गुरही असरैना कार्यक्रममा थारु माहालोक गायक मनिराम करिय मगरिया , खुशीराम रात्गैया ,चन्द्र भुसन कठरिया, प्रेम चौधरी ,पिल्तुङ चत्ला, राज बन्धु , राजु चौधरी, धाना चौधरी , माेडेल बिबस जि एच ,माेडेल लक्ष्मी चौधरी , मोडेल नानु कुइन( अनु )लगाएत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation