कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ निम्दी स्थित सरस्वती आधारभुत विद्यालयको ४ बिघा १० कट्ठामा रहेको माछाको ताल २०७४ साल बैशाख देखि लागु हुनेगरि १८ बर्षको लागि बार्षिक १ लाख ७० हजार विद्यालयले पाउने गरि प्रत्येक ६/६ बर्षमा १०% प्रतिशतका दरले वृद्धि गर्ने गरि खडक बहादुर बोगटी र रबिलाल आचार्य संग सहमति भएको थियो । तर अहिले उक्त ताल खडक बहादुर बोगटीको टिमले अर्को पक्ष प्रदीप शाह संग बार्षिक ७ लाख पाउने गरि सहमति गरेको स्रोतले जनाएको छ । अहिले विद्यालयले १ लाख ७० हजार मात्र पाउने गरेको छ । त्यहीँ सम्बन्धमा विद्यालय प्रशासन र व्यवस्थापन समिति संग ध्यानाकर्षण सहितको छलफल गरिएको बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका घोडाघोडी नगरपालिका इन्चार्ज भरत शाहले बताउनु भएको छ । उक्त ठेक्का १५ दिन भित्र रद्द गरि नयाँ प्रक्रियामा जान चेतावनी दिइएको शाहले बताउनु भएको छ ।