कैलाली । सिद्धार्थ बैंक बौनिया शाखाको आर्थिक सहयोगमा कैलालीको बर्दगोरिया गाउँपालिकाका १० वटा सामुदायीक विद्यालयलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरेको छ ।
विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको हुँदा बैंकले एक विद्यालयलाई दुई वटा पानी छान्ने फिल्टर ९६ विद्यार्थीलाई पुग्ने गरी प्रतिघण्टा ४८ लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर जडान गरेको हो।
बायोस्यान्ड फिल्टर हस्तान्तरण कार्यक्रम कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, पालिका उपाध्यक्ष गणेशराज गिरी ( लालदिप), प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गाना ,सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश प्रमूख निराकर बहादुर सिंह र बौनिया शाखा प्रमूख प्रकृति शान्त ठकुराठीले बायोस्यान्ड फिल्टर वितरण गर्नु भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाका १० वटा विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको बौनिया शाखा प्रमूख प्रकृति शान्त ठकुराठीले जानकारी दिए।
‘नलबाट निकालिएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, त्यसैले विद्यालयलाईलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।”
बर्दगोरिया गाउँपालिका वडा नं ६ को मोहन्याल प्रा बि जोकाही, सरस्वती प्रा बि वडा नं ६ वैदीपुर ,जगन्नाथ प्रा वि वडा नं ४ निमुवाबोझी, जगदम्बिके भग्वती मा वि वडा नं ३ रानीकुण्डा, मोतिभागीरथी आधारभूत विद्यालय वडा नं २ कुम्भिया, नारायण अधारभूत विद्यालय वडा नं ५ वेलुवा,म हुन्याल मा वि वडा नं ६ बास्कोटी,पशुपति प्रा वि वडा नं २ दोदोधरा, न्यु ज्योती प्रा वि वडा नं ३ रानीकुण्डा र नैन प्रा वि वडा नं २ झगडपुरले निःशुल्क फिल्टर पाएपछि विद्यालयका शिक्षक,विद्यार्थी खुसी भएका छन् ।
बैंकद्वारा गरिएको यस सामाजिक कार्यले विद्यार्थीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन र स्वस्थ रूपमा पठनपाठन गर्न मदत पुग्ने मोतिभागीरथी आधारभूत विद्यालयका प्रधानाध्यापक टेक बहादुर बमले बताउनु भयो।
यस्तै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा यस्तो सहयोग गरिरहने बताएको छ।