मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

शरणार्थी बक्सरलाई पेरिस ओलम्पिकमा पहिलो पटक ऐतिहासिक पदक

पेरिस। आईओसी शरणार्थी ओलम्पिक टोली एथलीट सिन्डीले पेरिस ओलम्पिक २०२४ मा महिला ७५ केजीसमुहवाट बक्सिङमा कास्य पदक जितेकी छिन् ।नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक पदक भएको पेरिस ओलम्पिक सचिवालयले जनाएको छ । नगाम्बाले उत्तर पेरिस एरिनामा क्यानाडाली मिडलवेट तामारा थिबल्ट लगायत अनुभवी विपक्षीहरू विरुद्ध कमाण्डिङ जीतको साथ आफ्नो पदक सुरक्षित गरेकी हुन् ।

 

 

थिबल्ट र उनका साथीहरूले ओलम्पिक चरणमा आफ्नो पहिलो बाउट जित्ने भावनाले अभिभूत भएका नगाम्बालाई अँगालेका थिए । यो क्षण सबैको आँखामा आँसु ल्याएको थियो। पदक जितेपछि न्गाम्बाले भनिन, ‘यहाँ आउनु मेरो लागि धेरै अर्थपूर्ण छ र म विश्वस्त छु कि यसले विश्वभरका मानिसहरुका लागि यति धेरै बाधाहरुसँग जीवन जिउने खेलाडीहरुका लागि पनि धेरै अर्थ राख्छ, तिनीहरू आफैंमा विश्वास गर्दैनन् र तिनीहरू सोच्छन् कि यो संसारको अन्त्य हो, हामीले यो होइन भनेर बुझुनु पर्छ ।’सिन्डी नगाम्बा ओलम्पिक पदक जित्ने पहिलो शरणार्थी खेलाडी हुन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation