कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभाबक भेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश चौधरीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमूख अथिति रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्मा र शिक्षा शाखा अधिकृत निरिख नन्दन लाल कर्ण रहनु भएको थियो। अथितिहरुमा वडा सदस्य तथा न्यायपालिका सदस्य बसन्ती साउँद, दलित महिला सदस्य भावना विश्वकर्मा, शिक्षक अभिभावक संघ अध्यक्ष गोविन्द बुडा क्षेत्री, दानुफाटा नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, रानीकुण्डा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टंकराज ओली, रानीकुण्डा स्वास्थ्य सेवा केन्द्र प्रमुख शिवकुमार कठरिया, राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष चक्र बहादुर विष्ट, न्यू ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र सुनार, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा प्रसाद जैशी, बुटकुवा गुम्बा संरक्षण समितिका अध्यक्ष डिलादेवी राना, बसन्त मुरारी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टंकबहादुर कुँवर, न्यू ज्योति आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर विश्वकर्मा, बर्दगोरिया गाउँपालिका पूर्व कार्यपालिका सदस्य कोकिला खत्री, इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक वीरबहादुर थापा,जगदम्बीके भगवती माध्यमिक विद्यालयकी विद्यालय व्यवस्थापन समितिकी सदस्य अमृतादेवी खत्री, सदस्य नन्दराम बिष्ट, शिक्षक अभिभावक संघ सदस्य धनबहादुर साउद, सदस्य जगन्नाथ जैसी, स्वस्तिका जनाला, रञ्जना जैसी, विष्णु कुमारी थापा, समाजसेवी नैनबहादुर साउद, युवा समाजसेवी मिलन ओली, उदयराम बिष्ट, भलमन्सा कालुराम चौधरी, समाजसेवी यमबहादुर पुनमगर, समाजसेवी दलबहादुर तिरुवा र निवर्तमान प्रधानाध्यापक नेत्रबहादुर खड्का लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।