Baigyanik Media

Advertisment

SKIP THIS

कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-६ संगम टोल बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation