इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुनसक्ने विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि भने यो आशंका अझ बढेको छ । बाइडेनले इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाउन सक्ने र यस सम्भावित आक्रमणको बारेमा अमेरिकामा छलफल भएको बताएका छन् । बाइडेनलाई अमेरिकाले इरानको तेल केन्द्रमा इजरायली आक्रमणलाई समर्थन गर्छ ? भनेर सोधिएको थियो । तर बाइडेनले भने यसबारे छलफल गरिरहेको बताए ।

इजरायल-इरान तनावको पछिल्लो अवस्था

इरानले यो हप्ता मङ्गलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको थियो । त्यसयता दुई देशबीच तनाव बढेको छ । इजरायलको विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमा १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ । पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो । इरानको पछिल्लो मिसाइल हमलापछि इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठक बंकरमा भएको थियो, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने बताएका थिए ।

 

जुलाईमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । इरानले यसका लागि इजरायललाई दोष दिदै आएको छ । तर, यो हत्यापछि इरानले इजरायलविरुद्ध कुनै आक्रामक कदम चालेको थिएन । त्यस पछि, यस वर्ष सेप्टेम्बर २७ मा हिजबुल्लाह नेता हसन नसरल्लाह लेबनानमा इजरायली आक्रमणमा मारिए । यी दुवै नेतालाई इरानका समर्थक मानिन्थ्यो ।उनको हत्यापछि इरानलाई पनि जवाफ दिन आफ्नै देशभित्रबाट दबाब परेको बताइएको छ ।  इरानले यी दुई हत्याको बदला लिन इजरायलमा मिसाइल प्रहार गरेको बताएको छ ।

 

बुधबार इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार इजरायलले केही दिनभित्रै इरानका केही महत्वपूर्ण रणनीतिक लक्ष्यलाई निशाना बनाउने तयारी गरेको छ । यी आक्रमणहरूमा इरानको महत्त्वपूर्ण तेल साइटहरूमा आक्रमणको पनि अनुमान गरिएको छ ।  मध्यपूर्वमा अहिलेको तनावका बीच यदि इरानको तेलको कुवा र भण्डारमा आक्रमण भयो भने यसको असर ठूलो मात्रामा पर्ने विश्लेषण गरिएको छ । यसले तेल आपूर्तिमा मात्रै असर गर्दैन, रणनीतिक हिसाबले महत्वपूर्ण धेरै सडक बन्द हुन सक्छन् । जसका कारण लागत र मुद्रास्फीति बढ्ने भएकाले अन्य वस्तु ढुवानीका लागि लामो दुरी तय गर्नुपर्ने हुनसक्छ ।  समग्रमा यसको प्रत्यक्ष असर नेपाल, भारतसहित दक्षिण एशियाका देशहरुमा ठुलो पर्ने देखिन्छ ।

विश्व तेल बजारमा इरानको महत्व

इरान संसारको सातौं ठूलो तेल उत्पादक हो । यसले आफ्नो तेल उत्पादनको आधा निर्यात गर्छ । यसको प्रमुख बजार चीन समावेश छ । तर, चीनमा तेलको कम माग र साउदी अरेबियाबाट पर्याप्त मात्रामा तेलको आपूर्तिले यस वर्ष तेलको भाउ निकै बढेको छ । इरानसँग विश्वको चौथो ठूलो तेल भण्डार छ । जबकि इरानसँग विश्वको दोस्रो ठूलो ग्यास भण्डार छ ।  इरान पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) मा तेस्रो ठूलो उत्पादक हो र प्रति दिन लगभग ३ मिलियन ब्यारेल तेल उत्पादन गर्दछ । यो कुल विश्वव्यापी उत्पादनको करिब तीन प्रतिशत हो ।इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर ध्वस्त पारेमा तेल आपूर्तिमा असर पर्ने र विश्वभर तेलको मूल्यमा ठूलो वृद्धि हुने डर छ ।

 

आर्थिक प्रतिबन्धका कारण चीनले हाल इरानबाट सबैभन्दा बढी तेल किन्ने गरेको विश्वास गरिन्छ भने अर्को ठुलो देश भारतले अहिले रुसबाट ठूलो मात्रामा कच्चा तेल खरिद गरिरहेको छ । तर इरानबाट तेल नआएमा चीनमा अन्य देशबाट यसको माग बढ्छ र यसले तेलको मूल्यमा असर पार्छ । हसन नसरल्लाहको हत्यापछि इरानको क्षेप्यास्त्र आक्रमणको डर थियो, त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले बढेको तथ्यबाट पनि यो प्रभाव बुझ्न सकिन्छ । यस्तो अवस्थामा इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएमा यसको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक असर पर्न सक्छ ।

 

‘ब्रेन्ट क्रूड’ तेलको अन्तर्राष्ट्रिय मूल्यको बेन्चमार्क हो । यस अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल आधारमा दिएको बयानपछि कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ । ‘ब्रेन्ट क्रुड’का अनुसार सोमबार इजरायलमा इरानको मिसाइल हमलापछि कच्चा तेलको मूल्य अहिलेसम्म १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलरको हाराहारीमा पुगेको छ । यद्यपि यो यो वर्षको अधिकतम मूल्यभन्दा अझै कम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९