जगदम्विके भगवती मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मिलन ओली
टीकाराम साउँद
प्रकाशित मिति : २०८१ आश्विन २२ मंगलवार - समय १४:०८
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ रानीकुण्डामा रहेको जगदम्विके भगवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मिलन ओली निर्विरोध चयन भएका छन् ।ओली उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । उनले विभिन्न विद्यार्थी संगठन संघ संस्थामा समेत काम गरिसकेका छन् । उनको नेतृत्वमा सदस्यहरु खडक कामी, दान बहादुर विश्वकर्मा, लक्ष्मी देवी कडेंल, सरिता देवी बि.क. र रिता बिष्ट निर्विरोध चयन भएका छन् ।त्यसैगरी शिक्षक प्रतिनिधि भूपेन्द्र बहादुर राष्कोटी, सदस्य सचिव प्रधानाध्यापक दिलराज गौतम र सम्बन्धित वडाको वडा अध्यक्ष मनऋषि आचार्य गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।कक्षा १० सम्मको अध्ययन अध्यापन हुदै आएको उक्त विद्यालयमा अहिले ६ सय ९४ बढि विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गौतमले जानकारी दिए ।स्थानीय सरकार बर्दगोरिया गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ मा उल्लेख गरिएको शिक्षा ऐनमा विद्यालयको संस्थापक वा लगानीकर्ताहरू मध्येबाट सम्बन्धित विद्यालयको सिफारिसमा गाउँ शिक्षा समितिबाट मनोनित भएका व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरिएको छ। अभिभावकहरू मध्येबाट विद्यालय व्यवस्थापनसमितिले मनोनित गरेको एकजना सदस्य, स्थानीय शिक्षा प्रेमी वा समाजसेवीहरू मध्येवाट गाउँ शिक्षा समितिलेमनोनित गरेको एकजना – सदस्य, सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक सदस्य, सम्बन्धित विद्यालयको शिक्षकहरूले आफूहरू मध्येबाट छानी पठाएको एकजना सदस्य,विद्यालय रहेको सम्बन्धित वडाकाजनप्रतिनिधिहरु मध्येवाट वडा समितिको सिफारिसमा गाउँ शिक्षा समितिले मनोनयनगरेको सदस्य एकजना सदस्य, विद्यालयको प्रधानाध्यापक सदस्य सचिव उपदफा (१), (२) र (३) बमोजिम छानिएका वा मनोनित अध्यक्ष वा सदस्यकोपदावधि दुई वर्षको हुनेछ भनी उल्लेख गरिएको छ। त्यस्ता अध्यक्ष वा सदस्यले आफ्नो पद अनुसारकोआचरण नगरेको देखिएमा गाउँ शिक्षा समितिले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनु अघि वा समिति विघटन गर्नु अघि आफ्नो सफाइ पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन भनी गाउँ शिक्षा ऐनमा उल्लेख समेत गरिएको छ।