बुधबार, जेष्ठ ७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तान बलियो अवस्थामा

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेको छ ।घरेलु मैदानमा जारी टेस्टको दोस्रो दिन पाकिस्तानले तीन खेलाडीको शतकको मद्धतले ५५६ रन बनाएर अल आउट भएको छ ।पाकिस्तानका लागि कप्तान शान मसूदले १५१, सलमान अघा १०४ रन र अब्दुल्लाह शफिकले १०२ रन बनाएका थिए ।दोस्रो दिन इङल्याण्डले एक विकेट गुमाएर ९६ रन बनाएको छ । इङल्याण्डका ६४ रन बनाएर खेलिरहेका छन् भने जो रुटले ३२ रन बनाएर खेलिरहेका छन् ।दोस्रो दिनको खेल सकिदा इङल्याण्ड ४६० रनले पछाडी रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation