
कैलाली। इलाका प्रहरी कार्यालय लम्कीमा काजमा खटिएका करिब १ महिनाको समय अवधिमा कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक दिर्घ बहादुर साउदले शान्ति सुरक्षा कायम राख्न सफल हुनु भएको थियो । करिब १ हप्ताको लागि काजमा खटाइए पनि कार्यालय प्रमुख आउन ढिलाइ भएको अवस्थामा साउदले करिब १ महिनाको अवधिमा नेतृत्व गरेका साउदले शान्ति सुरक्षा कायम गर्न सफल भएका हुन् ।
प्रहरी निरीक्षक साउदले अन्दाजी करिब ४ सय २० लिटर घरेलु मदिरा बरामद गरेर नष्ट , जुवा तास सम्बन्धी १८ जना मानिस पक्राउ , १० गड्डी तास र ४६ हजार ६ सय ७५ रुपैयाँ बरामद , १ ग्राम २६० मिलिग्राम ब्राउन सुगर साथै ५ सय ३८ बेचबिखन गर्न नमिल्ने प्रतिबन्ध ट्याबलेट बरामद , लागू औषधमा ६ जना पक्राउ , इलाका प्रहरी कार्यालय मोतिपुरबाट असोज २३ गते करिब १२ बजेको समयमा लम्कीचुहा नगरपालिका -२ मोतिपुरमा महेन्द्र चौधरीले सञ्चालन गरेको आरम्भ होमियो मेडिकलमा लागू औषध ट्याबलेट बेचबिखन भइरहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरी टोली खटेर गई खानतलासी गर्दा ट्याबलेट बरामद गरि निजलाई कार्यालयमा ल्याई अनुसन्धान भइरहेको छ भने निम्न ट्याबलेटहरू बरामद गरिएका हुन् ।
त्यसैगरी समुदायसँग लागुऔषध नियन्त्रण अभियान कार्य प्रभावकारी बनाउने जनचेतनामुलक कार्यक्रम , लागुऔषध नियन्त्रण सम्बन्धी ७ ओटा सामुदायिक साझेदारी कार्यक्रम गरिएका थिए ।
चाडपर्वलाई मध्यनजरगरी प्रभावकारी सुरक्षा योजना ( सादा पोसाक ,ट्राफिक चेक जाँच , पैदल गस्ती , भ्यान गस्ती ) बनाई स्वयं प्रहरी निरीक्षक साउद आफै खटिनुका साथै कार्यालयमा भएको अधिकतम जनशक्तिसँग खटिएर अप्रिय घटना घट्नबाट नियन्त्रण गरिएको थियो ।
प्रहरी निरीक्षक साउद आफै खटिनुका साथै कार्यालयमा भएको अधिकतम प्रहरी जनशक्ति परिचालन गरी अप्रिय घटना घट्न नदिई नियन्त्रण गर्नु भएको थियो ।
इलाका प्रहरी कार्यालय लम्कीमा छोटो समय करिब १ महिनाको समयमा बसेर शान्ति सुरक्षा कायम गर्न सफल भएको र कार्यालय प्रमुख साउद जस्तै अफिसरको आवश्यकता रहेको स्थानीयले बताएका छन् । एक स्थानीयका अनुसार कार्यालय प्रमुख साउद नियमानुसार अगाडि बढ्नुका साथै छोटो समयमा राम्रो गरेको बताए ।