एउटा कुकुरको जीवनीमा आधारित ‘सहारा’ पुस्तक सार्वजनिक

भक्तपुर । सडकबाट उठाएर पालिराखिएका एउटा कुकुरको सत्य घटनामा आधारित पुस्तक ‘सहारा’ को आइतबार भक्तपुरमा एक भव्य कार्यक्रम गरी विमोचन गरिएको छ ।भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, राटिय गीतका सर्जक व्याकुल माइला, एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुर २ को व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी अमातय राजभण्डारीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । पुस्तक सडक कुकुरहरुको हितको अभियानमा लाग्दै गरेकी विश्वविख्यात महिला डा जुलु पालेए र कार्यक्रम आयोजक एभरेस्ट स्कुलका निर्देशक (सिइओ) प्रवेश राजभण्डारीले संयुक्त रुपमा लेखेका थिए ।

 

 

पुस्तक स्कुलले घाइते अवस्था (एउटा आँंखा नदेख्ने) मा रहेर सहाराविहीन रहेर अलपत्र रहेर सहारा दिइरहेका कुकुर ‘सहारा’को जीवनीमा आधारित छ । कुकुरलाई घाइते अवस्थामा रहँंदादेखि हालसम्मको अवस्थालाई पुस्तकमा चित्रण गरिएको छ । कार्यक्रममा कुकुर तिहार पनि गरिएको थियो । ‘सहारा’लाई नै माला लगाई पूजाआजा गरेर कुकुर तिहार मनाइएको हो । केही वर्ष अगाडिदेखि संरक्षण दिइराखेका उक्त कुकुरको नाम ‘सहारा’ राखिएको थियो । सोही साहारालाई स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले पूजा गरी केही कुरा खान दिएर कुकुर तिहार गरिएको थियो ।

 

 

पुस्तक बालबालिकाहरुलाई उपयुक्त हुने गरी एउटै पुस्तकमा नेपाली र अंग्रेजी दुवै भाषा रहेका छन् । साथै प्रत्येक पेजमा विषयवस्तु अनुसारको स्केचहरु राखेर वालकालिकाका लागि आकर्षित रुप बनाइएका छन् । पुस्तक ६५ पृष्ठ लामो रहेको रहेको छ । पुस्तक बज्र पव्लिकेश प्रालिले प्रकाशित गरेको छ ।पुस्तकको मूल्य पाँंच सय ५० राखिएको छ । पुस्तक ‘सहारा’को सत्य घटनामा आधारित छ । साथै पुस्तकमा कुकुरसँंग सम्वन्धित विभिन्न उपयोगी सामाग्रीहरु पनि समावेश गरिएका छन् ।

 

 

 

एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछेंले गरेको कार्यक्रममा सहभागीहरुले भुस्याहा कुकुरलाई घरघरमा पालेर गर्व गर्नसक्नुपर्नेमा जोड दिए । मानिसले किनेर ल्याएका विभिन्न जातका कुकुरहरुलाई जस्तै भुस्याहा कुकुरहरुलाई पनि घरघरमा पालेर उद्धार गर्न सके कुकुरहरुको अहिलेको दयनीय अवस्थामा न्युनीकरण गर्न सकिने  विचार व्यक्त गरियो । साथै सडकका भुस्याहा कुकुरहरुलाई भुस्याहा कुकुर भनेर निम्न दर्जा दिनुभन्दा मायाममता दिनुपर्नेमा जोड दिइयो ।

 

 

प्रमुख अतिथि भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आफूले पनि पुल मुनि अलपत्र परेको भर्खरै जन्मेको ककुरलाई घर लगेर उद्धार गर्दै आएको जानकारी गराइन् । ‘पहिला म भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा वस्दा पनि मेरा घरको कम्पाउण्डभित्र आएका र हामीसँग वस्न रुचाउने चारपाँंच वटा भुस्याहा कुकुरहरुलाई घरमै पालेर संरक्षण दिएकी थिएँं, उनले थप्दै भनिन्, ‘अहिले सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा वस्दा पनि पुल मुनि अलपत्र परेको भर्खरै जन्मेको ककुरलाई ल्याई पालेर संरक्षण गरिराखेकी छु ।’

 

 

भुस्याहा कुकुरलाई भुस्हाहा कुकुर भनेर अपमान गर्न नहुने भन्दै उनले आफनो कुकुरको नाम अहिले कोको राखेको बताइन् । अहिले कोको पनि आफनो परिवारको एकजना अभिन्न अंग बनेको उनले सुनाइन् । अरुबेला कोकोलाई विशेष समय दिन नसके पनि कोभिड कोरोनाको बेला उसँंग धेरै खेलेको स्मरण उनले गरिन् ।

 

 

आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सडकमा अलपत्र रहेका कुकुरहरुलाई भुस्याहा कुकुरको ठाउँंमा सडक कुकुर वा समुदाय कुकुर नाम राख्दा उपयुक्त हुने सुझाए । उनले किनेर ल्याएर कुकुर पाल्नुभन्दा घाइते, अपांग, अशक्त सडकका कुकुरहरुलाई घरमा ल्याएर पालेर गर्व गर्न सकिने बातावरण बनाउन सके यो समस्याको न्युनीकरण गर्न सकिने उपाय सुनाए ।

 

 

 

कार्यक्रममा नेपाल एनिमल वल्र्ड सिसर्च सेन्टर बनेपाका प्रमुख आनन्द दाहाल, भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ सुडालस्थित घाइते कुकुरहरुलाई उचित स्वास्थ्य सेवा प्रदान गर्दै आएको भक्तपुर जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुले पनि आआफनो अनुभब सुनाएका थिए ।कार्यक्रममा आयोजक स्कुलले कार्यालयका प्रतिनिधिहरुलाई स्कुलकोतर्फबाट ११ हजार राशीको सहयोग रकमसमेत हस्तान्तरण गरिएको थियो ।

 

 

कार्यक्रममा राष्टिय गीतका रचयिता व्याकुल माइलाले आफनै एउटा घटना विवरण सुनाउँंदै कुकुरहरुको अधिकारबारे समाज सचेत हुन थालेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले कुकुरलाई कुकुर तिहारमा मात्रै नभई वर्षैभरि सम्मान गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा कुकुरप्रतिको व्यवहार र संरक्षण विषयमा प्यानल छलफलसमेत गरिएको थियो । साथै स्कुलमा रहेका लाइका, जुली, स्यासलगायतका कुकुरहरुबाट रोमान्चक डग शो (कुकर प्रदर्शनी) पनि गरिएको थियो । साथै ककुरकैबारेमा छोटो नाटक पनि देखाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

कास्की,  विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९