कैलाली । कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ । नेपालगञ्ज विमानस्थलबाट १२ : ३५ बजे उडेको निगमको टुइनअटर अल्फा ब्राभो युनिफर्म जहाज १ बजेर १५ मिनेटमा टिकापुर विमानस्थलको कच्ची धावनमार्गमा अवतरण भएको थियो ।उक्त परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक ज्ञानेन्द्र भुलका अनुसार, जहाजका क्याप्टेनहरु मनिष बिष्ट र उज्वल सिलवालले उक्त विमानस्थलको धावनमार्गमा अवतरण गर्नुअघि गो अराउन्ड (विमानस्थलमा फन्को लगाएर दोस्रो प्रयासमा अवतरण गरेका थिए । नेपालगञ्जबाट ६१ किलोमिटरको हवाई दुरीमा रहेको टिकापुरकालागि आइतबार २५ मिनेट उडान समय लागेको थियो ।