सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भियामा कुम्भिया टोल विकास संस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। “सफा सहर, स्वच्छ गाउँ, सबै मिली फोहोर हटाऔँ” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा एक सयभन्दा बढी स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सरसफाई कार्यक्रम...






















































































































































