काठमाडौँ । न्यूजील्याण्डले श्रीलंकाविरुद्धको टी-२० सिरिज बराबरी गरेको छ ।गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा न्यूजील्याण्डले ५ रनको रोमाञ्चक जित हासिल गर्दै सिरिज बराबरी गरेको हो ।न्यूजील्याण्डले दिएको १०८ रनको मध्यम लक्ष्य पछाएको श्रीलंका १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले १९.३ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनाएको थियो ।यो जितपछि २ खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ ।























































































































































