टीभी च्यानलहरूका लागि ठूलो खतरा बन्दै युट्यूब

एजेन्सी : संसारभर युट्यूबको लोकप्रियता बढ्दै गएको छ। पहिलोपटक अमेरिकामा मानिसहरूले टीभी वा सिनेमा हेर्नभन्दा यूट्यूबमा धेरै समय बिताए।

 

युट्यूबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजन जस्ता ओटीटी प्लाटफर्मलाई पनि पछाडि छाडिदियो। तर केही महिनामा युट्यूब फेरि दोस्रो स्थानमा झर्‍यो। सर्वेक्षणअनुसार बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत मानिस टेलिभिजनमा कार्यक्रमको सट्टा युट्यूब हेर्न रुचाउँछन्।

 

विश्वभर मासिक करिब तीन अर्ब मान्छेले युट्यूब हेर्छन्। तीमध्ये अधिकांश २५ देखि ३५ वर्षबीचको उमेरका छन् र उनीहरू टीभीको मुख्य दर्शकभन्दा कम उमेरका छन्। युट्यूब एप्स, भिडियो गेम कन्सोल र स्मार्ट टीभीमा उपलब्ध छ।

 

‘युट्यूबमा मान्छेले विभिन्न खालका सामग्री भेटाउँछन्। यो अहिले सबैभन्दा लोकप्रिय अनलाइन प्लाटफर्म र विज्ञापन कम्पनीहरूका लागि उपभोक्तासम्म पुग्ने सबैभन्दा ठूलो माध्यम भएको छ, ‘युट्यूबको क्रिप्टोकरेन्सी राइज टु वर्ल्ड डोमिनेशन’ पुस्तकका लेखक मार्क बर्गन भन्छन्‚ ‘यो भिडियोहरूको सबैभन्दा ठूलो क्याटलग बनेको छ। मानिसले युट्यूबमा धेरै कुरा खोज्न र हेर्न सक्छन्।’

 

युट्यूबको सुरुवात

 

अनलाइन भिडियो शेयरिङ प्लाटफर्म युट्यूबको सुरुवात सन् २००५ मा भएको थियो र यसमा अपलोड गरिएको पहिलो भिडियो मात्र १९ सेकेन्डको थियो, जुन यसका सहसंस्थापकले क्यालिफोर्नियाको सान डिएगोमा रहेको प्राणी संग्रहालयभित्र घुम्दै गर्दा रेकर्ड गरेका थिए। त्यसको एक वर्षपछि गुगलले १.६५ बिलियन डलरमा युट्यूब किन्यो। सबैभन्दा धेरै भारतमा करिब ४० करोड मानिसले युट्यूब हेर्छन् र युट्यूब एक सयभन्दा बढी देशमा उपलब्ध छ।

 

मार्क बर्गनका अनुसार ब्राजिल, इन्डोनेसियालगायत धेरै नयाँ उदीयमान बजारमा टीभी च्यानललाई प्रतिस्थापन गरेको युट्यूब त्यहाँ मनोरञ्जन र समाचारको मुख्य स्रोत बनिसकेको छ। पहिले मनोरञ्जन उद्योग र विज्ञापन कम्पनीले युट्यूबलाई गम्भीरतापूर्वक लिएनन्।

 

विस्तारै हलिउड, टीभी उद्योग, नेटफ्लिक्स र अमेजनका लागि खतरा बनेको युट्यूबले आफ्नै मौलिक शो बनाउन थाल्यो र नेटफ्लिक्स जस्ता उपभोक्ताबाट सब्सक्रिप्शन शुल्क लिन थाल्यो। बर्गनका अनुसार सन् २०१६ मा युट्यूबले मौलिक र महँगो सामग्री बनाउन थाल्यो तर यसले नेटफ्लिक्स जस्ता कम्पनीको लगानीसँग प्रतिस्पर्धा गर्न सकेन। नयाँ चरणमा युट्युबले आफ्नो स्थिति धेरै बलियो बनाएको छ।

 

‘अब मानिसहरू खाना बनाउनदेखि केही वस्तुको मर्मतसम्मको भिडियो हेर्न युट्यूब प्रयोग गर्छन्। मानिसलाई चाहिने अधिकांश भिडियो यहाँ सजिलै उपलब्ध छन्। युट्यूबका आफ्नै स्टारहरू छन् जसको लोकप्रियता हलिउड स्टारहरूभन्दा कम छैन’‚ उनी भन्छन्।

 

निगरानी

 

केही बाहेक, युट्यूबका अधिकांश सेवा निःशुल्क छन्। युट्यूबले जो कोही पनि स्टार बन्न सक्छ भनेर प्रमाणित गरिदिएको छ। ‘ठूलो संख्यामा भिडियो अपलोड भइरहेका छन्, जसका कारण तिनीहरूमाथि नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै गएको छ’, मार्क भन्छन्‚ ‘यदि सरकारले युट्यूब नियन्त्रण बाहिर गइरहेको महसुस गरेमा यसका लागि खतरा पनि निम्तन सक्छ।’

 

नयाँ पुस्ताका लागि युट्यूबको उपयोगिता सन्दर्भमा लेखिएको एक पुस्तकका लेखक क्रिस स्टोकेल वाकरका अनुसार युट्यूबमा आपत्तिजनक सामग्री अपलोड गर्ने वा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर गर्न सकिन्छ।

 

सन् २०१९ मा गुगल र युट्यूबले तेह्र वर्षमुनिका बालबालिकाका अभिभावकको अनुमतिबिना डेटा सङ्कलन गरेको आरोपमा मुद्दा चलाइएको थियो र सम्झौताअन्तर्गत यी कम्पनीहरूले १७ करोड डलर तिरेका थिए। वाकर युट्यूबलाई मध्यपूर्वका धेरै देशमा प्रतिबन्धित वा आलोचना गरिएको बताउँछन्। युट्यूबमा सेक्स, यौनहिंसा र लागूपदार्थ दुर्व्यसनसँग सम्बन्धित भिडियो छन्, जसको पश्चिममा त्यति धेरै आपत्ति नजनाइए पनि मध्यपूर्वका देशको संस्कृतिको विरुद्ध मानिन्छ।

 

हालै युरोपेली संघले अनलाइन सुरक्षा सुनिश्चित गर्न र टेक्नोलोजी कम्पनीहरूको प्रतिस्पर्धा विरोधी व्यवहार रोक्न दुई नयाँ कानून लागू गरेको छ। तर युट्यूबमा ठूलो परिमाणमा सामग्री अपलोड हुने भएकाले ती कानुन कार्यान्वयनमा समस्या छ। क्रिस स्टोकेल वाकर भन्छन्‚ ‘युट्युबमा हरेक मिनेट पाँच सय घण्टाको सामग्री अपलोड हुन्छ। यसको अनुगमनमा धेरै कठिनाइ छन्।’

 

टिकटक चुनौती ?

 

अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीमा सूचना प्रणालीका प्रोफेसर राहुल तेलंग भन्छन्‚ ‘पहिले टीभी उद्योगले युट्यूबबाट खतरा हुनसक्ने सोचेका थिएनन् तर अहिले यो हलिउडदेखि नेटफ्लिक्स र डिज्नीसम्मका धेरै च्यानलको बलियो प्रतिस्पर्धी बनेको छ।’

 

युट्यूबको सबैभन्दा ठूलो फाइदा के हो भने यसले आफ्ना प्रयोगकर्ताले सिर्जना गरेको सामग्री उपलब्ध गराउँछ जसले के ट्रेन्ड हुन्छ वा लोकप्रिय हुन्छ र के हुँदैन भनेर सोच्नुपर्ने बाध्यता सिर्जना गर्दैन। टीभी कम्पनीहरू र ओटीटी प्लाटफर्महरूले आफ्नो सामग्रीमा धेरै पैसा लगानी गर्नुपर्ने, समय लिने र कहिलेकाहीँ मानिसलाई त्यो सामग्री मन पनि नपर्ने हुँदा यसबारे धेरै सोच्नुपर्छ। तर युट्यूबमा यस्तो समस्या हुँदैन अर्थात् यसले कुनै जोखिम उठाउँदैन।

 

‘अर्को महत्वपूर्ण कुरा के हो भने यूट्यूबलाई हामीले के हेरिरहेका छौँ भनेर राम्ररी थाहा छ। राहुल तेलंग भन्छन्‚ ‘नेटफ्लिक्स वा अन्य परम्परागत टेलिभिजन च्यानलहरू मात्र सामग्री सिर्जना र प्रस्तुत गर्छन् तर युट्यूबलाई हामीले विगतमा के हेरेका छौं र मन पराएका छौं भन्ने थाहा छ।’ यही जानकारीको आधारमा यसले विज्ञापन पनि दिन्छ र नयाँ भिडियो सुझाउँछ।

 

युट्यूबले परम्परागत टीभीबाट कुनै खतरा देख्दैन तर यसले भिडियो सेयरिङ एप टिकटकको बढ्दो लोकप्रियतालाई नजिकबाट नियालिरहेको छ। ‘टिकटकले मानिसलाई कसरी मनोरञ्जन गर्ने भनेर बुझेको छ। केही प्रयोगकर्ताले टिकटकमा रिलहरू हेरेर ६-७ घण्टा बिताउने अध्ययनबाट पत्ता लगाएको छु’‚ तेलंग भन्छन्‚ ‘अब सबैले प्रयोगकर्ताको ध्यानाकर्षण गर्न चाहन्छन्। त्यस्ता एपहरूले युट्यूबलाई चुनौती दिन सक्छन् तर युट्यूबमा यति धेरै विविधता र रोचक सामग्री छ कि यो हाल बजारको नेतृत्व गरिरहेको छ र यसलाई त्यो ठाउँबाट सार्न धेरै गाह्रो छ।’

 

गत वर्ष युट्यूबले विज्ञापनमार्फत ३१.५ बिलियन डलर कमाएको थियो अर्थात् आफ्नो अभिभावक कम्पनी गुगल्को तुलनामा विज्ञापनबाट १० प्रतिशत बढी कमाइ गरेको थियो। युट्यूबले ठूलो सफलता प्राप्त गरेको छ र विश्वका कैयौँ बजारमा जमेको छ। उसले सामग्री बनाउनमा पनि ठूलो लगानी गरिरहेको छ।

 

‘युट्यूबले सामग्री सिर्जना गर्न विश्वव्यापी २० अर्ब डलर खर्च गरेको छ, जुन ठूलो रकम हो’‚ ब्रसेल्सको ब्रिए युनिभर्सिटीका प्रोफेसर डाक्टर मार्लिन कोमोरोभस्की भन्छन्‚ ‘युट्यूबले प्रयोगकर्ताहरूले सिर्जना गर्ने सामग्रीमा बढी ध्यान दिएर टीभी च्यानललाई ठूलो चुनौती खडा गरेको छ।’

 

यूट्यूब दैनिक हेर्नु करोडौँ मानिसको बानी भइसकेको छ। युट्यूबको विज्ञापनबाट आम्दानी बढ्दै गएको छ भने कन्टेन्ट निर्माणमा लगानी बढिरहेको छ। यसको सामग्री सधैं इन्टरनेटमा उपलब्ध छ जसका कारण मानिसहरूले टीभीको सट्टा युट्यूब बढी हेर्न थालेका छन्। बिबिसीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ । प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ ।     गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९