राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन

रौतहट। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका  ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।

 

 

 

मंगलवार एक समारोहका बिच प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन। उदघाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, पार्टी मधेश प्रदेशका सभापति पुर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अबुल कलाम आजाद, गढिमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगर पालिका का मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर  कन्थमणि प्रसाद जयसवाल लगाएतको सहभागिता रहेको थियो।

 

 

 

बिश्व प्रसिध्द बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा  बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना गरिएको छ। सुन्दरपुर स्थित  गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो। मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सुन्दरपुर गढीमाई मन्दिरमा  हिजो सोमवार देखि मङसिर २६ गतेसम्म मेला लाग्ने बताएका छन्।

 

 

 

स्थानियहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते बिहिबार भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन्। सुपरस्टार खेसारीलाल सँगै भारतीय भोजपुरी मोडेल माही र मनिषाको पनि सांगीतिक प्रस्तुती हुने जनाइएको छ।

 

 

 

भारतीय कलाकारका साथै नेपालका हिन्दी गीत संगीत प्रस्तुत गर्ने कलाकार, टिकटक स्टारहरु संगै स्थानीय भाषामा प्रस्तुत हुने अलहा रुदलको नाच प्रदर्शन हुने सुन्दरपर गढीमाई मेला समितिका प्रवक्ता वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्। बारा गढीमाई सरह सुन्दरपुर गढीमाई मन्दिरमा  मूल तान्त्रिकले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोका, परेवाको बलि दिइने गरिन्छ।

 

 

 

यस मन्दिरमा पनि बलि सुरुहुनु अघी मुसा, परेवा, बोका, राँगा र खरायो गरी पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा रहेको छ। मेला भर्न आउने भक्तजनको लागि ६० वटा घुम्ती शौचालय र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिएको समितिले जनाएको छ। सयौं स्वयंसेवक संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी मेला तथा आउने भक्तजनको सुरक्षाका लागि परिचालन गरिएको मेला समितिका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

 

 

 

६५ बर्ष अघि स्थानिय धामी झाँक्री जागा ठाकुरले सपनामा गढीमाईको दर्शन गरेपछि माताकै आदेशमा सुन्दरपुरमा सोही समय स्यानो मन्दिर निर्माण गरी पूजा पाठ सुरुगरेका थिए। प्रत्येक पाँच बर्षमा त्यहाँ मेलाको आयोजना हुँदै आएको छ।

 

 

 

स्थानीय निकायको निर्वाचन पछी गढीमाई नगरपालिकाको मेयरपदमा पहिलो पटक श्याम प्रसाद यादव निर्वाचित भएपछी सुन्दरपुर गढीमाईको मन्दिर निर्माण देखी वृहत रुपमा मेलाको आयोजना हुँदै आएको छ। मेयरपदमा श्यामप्रसाद यादव दोस्रो पटक निर्वाचित भएका हुन्। सुन्दरपुर मन्दिरका मुल पुजारी जागा ठाकुरको निधन पछि उनको छोरा रामदेव ठाकुर मुल पुजारी रहेका छन्।

 

 

रौतहटको सुन्दरपुर गढीमाई मेलामा अघिल्लो पटक साढे ७ सय राँगाको बली चढेको प्रवक्ता दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।  मेलामा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ। दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको सुन्दरपुर गढीमाई मेला समिति रौतहटले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९