रौतहटका ७ स्थानमा गढीमाई मेला

रौतहट ।बिश्व प्रसिध्द बारा बरियारपुर स्थित लाग्ने पंचवर्षीय गढीमाई मेलाकै तिथि मितिमा रौतहटको छुट्टाछुट्टै ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ।

सैयौं बर्षदेखि बारा बरियारपुर स्थित गढीमाई मन्दिरमा मात्र लाग्दै आएको पंचवर्षीय मेला २०७४ को स्थानीय निकायको निर्वाचन पछी बिस्तार भएको हो।

स्थानिय निकायको प्रमुखको पहलमा पालिका बाट लगानी गर्न थालेपछि अहिले रौतहटको ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ ।

कटहरिया नगरपालिकाको २ स्थान, गुजराको १ स्थान, माधव नारायणको १ र गढीमाई नगरपालिकाको ३ गरी यस पटक जिल्लाको ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ।

कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा वडा ६ दुधियाभार, वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा बलरामपुर स्थित गढीमाई मन्दिरमा गत १७ गते आइतबार देखी मेला लागेको छ।

त्यस्तै मेयर सन्तलाल चौधरी र मेयर प्रत्यासी पलट चौधरीको पहलमा गुजरा नगरपालिका कनकपुर स्थित गढीमाई मन्दिरमा गत आईतवार देखी मेलाको आयोजना गरिएको छ।

मेयर श्याम प्रसाद यादवको पहलमा गढीमाई नगरपालिकाको तीन स्थानमा रहेको गढिमाई मन्दिरमा  मेला लागेको छ ।

बलुवा, सुन्दरपुर, मदनपुर हरैया स्थित गढीमाईको मन्दिरमा धुमधामका साथ मेला लागेको छ । त्यसैगरी मेयर बैजु प्रसाद यादवको पहलमा माधव नारायण नगरपालिकाको माधोपुर स्थित गढीमाईको मन्दिर अगाडी मेला लागेको छ ।

गुजरा  ४ स्थित गढीमाई मन्दिरमा यस वर्षको वार्षिक मेला १७ मंसिरदेखि सुरु भएको छ । मेला  २५ मंसिरसम्म सञ्चालन हुने र मेलामा धार्मिक अनुष्ठानसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको मेला समितिका अध्यक्ष पलट चौधरीले बताएका छन्।

 

करिब १७ वर्षअघि गुजरा ४ स्थीत चौरमा इट्टाभट्टा सञ्चालन गरेका  गगनदेव साहको कारोबारमा आएको समस्या देवीको पूजा पाठ पछि समाधान हुँदा उक्त स्थानमा गढीमाई मन्दिरको स्थापना गरिएको थियो ।

 

गगनदेवले इँटा पकाउने क्रममा बारम्बार समस्या आउन थालेपछि स्थानीय धामी देवीलाल चौधरीको सल्लाह अनुसार बिश्व प्रसिध्द बारा गढीमाई मन्दिरका मूल तान्त्रिक दुखन धामीलाई भेटेका थिए ।

मूल तान्त्रिक धामीको सुझाव अनुसार उक्त स्थानमा गढीमाईको बहिनीको बासस्थान रहेको भन्दै सानो मन्दिर  निर्माण गरिएको थियो । मन्दिर निर्माणपछि स्थानीय समन्वय र प्रदेश सरकारको  लगानीमा गढीमाई मन्दिरलाई विस्तार गरिएको थियो।

जनता समाजवादी पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्व आईजीपी प्रदीप शमशेर जबराले शिलान्यास गरेको बिस्तारित गढीमाई मन्दिरको निर्माण पछि तत्कालिन प्रदेश भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए ।

मेला समितिका अध्यक्ष पलट चौधरीका अनुसार मेलामा २० मंसिरमा टिकटक स्टार प्रीति पासवानको प्रस्तुति, २१ र २२ मंसिरमा सांगीतिक नृत्य कार्यक्रम, २३ मंसिरमा राँगा बलि र २४ मंसिरमा खसी बलि हुनेछ । २५ मंसिरमा मेला विधिवत् रूपमा सम्पन्न हुनेछ ।

भक्तजनहरूले आफ्नो भाकल पूरा भएपछि राँगा, बोका, परेवा लगायत बलि चढाउने गर्दछन् । बिश्व प्रसिध्द बारा गढीमाई मन्दिरका मूल तान्त्रिक उमाशंकर धामी नै कनकपुर गढीमाई मन्दिरको मूल तान्त्रिक रहेका छन्।

उनले बारा गढीमाई सरह यहाँको गढीमाई मन्दिरमा आफनो शरीरको पाँच स्थानबाट निकालिएको रगत नर बलिको रूपमा चढाएपछि मात्र बलि सुरुहुने समिती अध्यक्ष चौधरीले जानकारी दिएका छन्।

कनकपुर गढीमाई मन्दिरमा हुने विधिवत तान्त्रिक पूजा सरह जिल्लाको सात वटै मन्दिरमा पूजा गरिन्छ।

विधिवत पूजा पछी जिल्लाको सातै गढीमाई मन्दिरमा बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा हुने तिथी मैं बली दिइन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९