Baigyanik Media

Advertisment

SKIP THIS

उद्योगमन्त्री दामोदर भण्डारीले गर्ने सुदूरपश्चिम महोत्सवको उद्घाटन

कैलाली। सुदूरपश्चिम महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ। धनगढीमा भोलि शनिवारदेखि सुरु हुने १८ औँ संस्करणको महोत्सवको उद्घाटन उद्योग मन्त्रीले गर्ने भएका हुन।

 

 

पत्रकार सम्मेलन मार्फत कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ। संघले आज महोत्सव स्थलमामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको र मन्त्री भण्डारीले उद्घाटन गर्ने जनाएको हो। संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल रहेका बताए।

 

 

महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ। संघले कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रिक, होटेललगायतका स्टलहरू रहने जनाएको छ।

 

 

व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको संभावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभूषाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ।

 

 

महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टिकट लाग्ने छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation