Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरी(नविन)को निधन

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरी (नवीन)को मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष गिरीको शुक्रबार आज साँझ ५ बजेर ५३ मिनेटमा बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको दोदोधरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

 

मुखको क्यान्सर रोगबाट ग्रसित ३६ वर्षीय गिरीको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आउनुभएका उहाँको अचानक मृत्यु भएको छ । मृतक गिरीको श्रीमति, दुई छोरा र एक छोरी छन् ।

 

फलेविसौना घर भएका गिरी नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको भोलि शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ। वडाध्यक्ष गिरी २०७४ को स्थानीय निर्वाचन र २०७९ मा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्ष गिरी जनताका जनप्रिय युवा नेता थिए। २ वर्ष ६ महिना देखि वडा अध्यक्ष गिरी रोगसंग लड्दै आउनु भएको थियो। उनले नेपाल र भारतका विभिन्न अस्पातलमा उपचार गरेको परिवारले जानकारी दिएका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation