काठमाडौं – पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व कर्मचारीहरूले लाम १ समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् ।।
श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीसहित कार्यलय पुगेका कर्मचारीले हाम्रो वर्षौंदेखिको पारिश्रमिक खै भन्दै नारा लगाएर विरोध गरेको छन् । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैशीले श्रमजीवी पत्रकारले कुनैपनि हालतमा पारिश्रमिक पाउनुपर्ने जिकिर गरे। साथै उनले पारिश्रमिक नपाएसम्म आफू श्रमजीवीको पक्षमा लडिरहने बताए ।
पूर्व कर्माचारीहरूले आफूहरूले एभिन्युज खबर छोडेको २ वर्ष पुग्दा पनि पारिश्रमिक नपाएको गुनासो गरे । टेलिभिजनले पटकपटक पैसा दिन्छु भनेर भाका दिने तर तोकेको मितिमा फोन नउठाउने, सम्पर्कविहीन हुने, दिन्छु/दिन्छु भन्दै टार्दै आएको भन्दै पीडितहरु आक्रोशित भएका छन्।
आइतबार केन्द्रीय कार्यलय धर्ना गर्न पुगेका कर्मचारीहरूले कुनैपनि हालतमा आफ्नो पारिश्रमिक लिएरै छोड्ने बताए । उनीहरूले भने, “कुनैपनि हालतमा हाम्रो पारिश्रमिक छाड्ने छैनौँ, उपत्यका बाहिरका रहेका साथीहरू पनि आउदै हुनुहुन्छ ।”
पिडित पत्रकारहरूले आफूहरूको माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।