किसान बहुउद्देश्यीय सहकारी बौनियाको ३० औं बार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लामा एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । सोमबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजिक कार्यक्रममा किसान बहउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य सरोज कुमार शाहको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा संस्थाका सदस्य शाह भने संस्थाले स्थापनाकालमा मलखाद र खाद्यान्नको खरिद बिक्रि गर्ने गरेको यस संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैकंबाट सीमित बैकिङ् कारोबारको स्विकृति लिई बचत तथा ऋण सेवालाई प्रभावकारी रुपमा प्रदान गर्दै आएको पछि राष्ट्र बैकंले आफ्नो नियमन दायरा परिमार्जन गरेपनि अहिले सहकारी संस्थाले वित्तिय सेवा प्रवाहमा बैकंको नियमनमा रहँदा सिकेका राम्रा अभ्यासहरुके पालना गर्दै आएको बताएका छन ।वर्तमान परिस्थितिमा सहकारी संस्था प्रति सर्वसाधारणको वितृष्णा, निराशा र आक्रोस फैलिरहँदा थिती र नीतिमा चल्न सके सहकारी संस्थामा विचलन नआउने कुरालाई आफ्नो संस्थाले सेवा ग्राहीहरुमा उत्साहजनक सेवा सुविधा दिएर उदाहरणीय काम गरी रहेको संस्थाका सदस्य शाहले बताए । उनले सहकारी यहाँसम्मको उचाईमा पुग्नुमा आम ग्राहक, बचतकर्ता सरोकारवालको भूमिका रहेको बताए । उनले संस्थाको मुख्य व्यवसायका रुपमा रहेको वित्तिय व्यवसाय हाल ४० वटा शाखा कार्यालय मार्फत भईरहेको बताउदै सदस्यहरुलाई आधुनिक वित्तिय सेवा प्रदान गर्न संस्थाले प्रविधिलाई परिष्कृत गर्दै आएको छ भने मोवाईल बैंकिङ, एटिएम , क्यु आर , इन्टरनेट बैंकिङ , खल्ती एप भुक्तानी लगायतका सेवा सुविधाहरु संस्थाले दिँदै आएको छ।कृषि क्षेत्रमा किसान–कोप एग्रो मार्ट,एकिकृत कृषि फार्म,कोल्ड स्टोर, माटो परिक्षण प्रयोगशाला र कागती तथा फलफुल खेतीमा बिशेष कार्ययोजनाको साथ लागि रहेको सदस्य शाहले बताए ।किसान–कोष मार्ट ब्राण्ड नाम राखेर संस्थाले सहकारी पसलहरु सञ्चालन गर्दै आएको र सदस्यहरुका स्थानीय उत्पादनलाई बजारिकरण गर्न तथा स्थानियलाई सहज रुपमा गुणस्तरयुक्त घरायसी उपभोग्य सामानहरु सरल सर्वसुलभ उपलब्ध गराउने उद्देश्यले २०७९ मा सञ्चालनमा ल्याएको बताएका थिए ।यस सहकारीको केन्द्र तथा शाखा कार्यालयहरुमा पुरुष–१९० र महिला १०५ गरी जम्मा २९५ जना कर्मचारीहरु कार्यरत रहेको सदस्य शाहले बताउनु भयो ।संस्थाकी कर्मचारी निर्मला विनाडी (न्यौपाने)को स्वागत मन्तव्य सँगै सुरु भएको उक्त आयोजित कार्यक्रमको प्रमुख अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बिक रहनुभएको कार्यक्रममा अतिथिहरुमा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वार, समाजसेवी बुद्धिजीवी गणेशप्रसाद भट्ट र साधारण सभाकी प्रतिनिधि लक्ष्मी देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सहकारी पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध रहेका उकृष्ट बचतकर्ता, व्यवसायी, कृषकहरुलाई सम्मान पत्र वितरण गरेको थियो । वार्षिक साधारण सभामा विष्नु थापा क्षेत्री, नैनादेवी डगौरा, प्रविना कठरिया, डोगली कुमारी चौधरी, हिराकुमारी कठरिया, गजेन्द्र कुँवर लगायतलाई उत्कृष्ट सेयर सदस्यलाई सम्मान गरिएको छ। सोही कार्यक्रममा जर्मादेवी बुढा, पार्वती कुमारी शाही, डिलु देवी जैसीलाई कार्यक्रममा किसानको शिक्षा पदक वितरण गरिएको छ । जन्मदेखि मरणो परान्तसम्म किसान कोष अन्तर्गत कर्जा मिनाहा सुविधा धर्मे साउदकी श्रीमती पुनादेवी साउदले रु ३ लाख ८ हजार प्राप्त गरेकी छिन्। कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख सन्तोष कुमार चौधरीले गर्नुभएको थियो। हालसम्म संस्थामा ८६ हजार शेयर सदस्यहरू आबद्ध रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९