दानवीर सामुदायिक वनको सातौं साधारणसभा सम्पन्न

कुल ६२ लाख ४७ हजार १९७ रुपैयाँ आयव्यय सार्वजनिक

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो सामुदायिक वनले आर्थिक वर्ष २०८०/२०८१ को कुल ६२ लाख ४७ हजार १९७ रुपैयाँ आयव्यय सार्वजनिक गरेको हो । वनकी अध्यक्ष कल्पना देवी थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष पिरम बुढा रहेका थिए । कार्यक्रममा सबडिभिजन वन कार्यालय फलेबिसौनाका वन प्राविधिक पुर्णप्रसाद शर्मा र राउन्ने सामुदायिक वनका अध्यक्ष हिरासिंह सापकोटा विशिष्ट अतिथि रहेका थिए । सो अवसरमा वडाध्यक्ष बुढाले सामुदायिक वनले नियमित साधारण सभा तथा सार्वजनिक सुनुवाई गर्दै आएको बताउँदै धन्यवाद दिए । उनले वनको संरक्षण गर्दै दीगो विकास तथा उपभोक्ता लाभान्वित हुने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । सामुदायिक वनका पदाधिकारी, उपभोक्ता तथा वन कर्मचारीको विधानले नै जिम्मेवारी दिएको बताउँदै उनले शिक्षा, स्वास्थ्य, सिचाइँ, वन विकास र उपभोक्ताको आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न सो सामुदायिक वन सक्षम भएको बताए ।प्रत्येक वर्ष गरिएका काम अभिलेखिकरण गर्दै, संस्थागत नेतृत्व विकास, सामाजिक तथा सामुदायिक कार्य आम्दानी खर्चको पारदर्शीता र सही सदुपयोग हुनुपर्नेका उनले जोड दिए । कतिपय सामुदायिक वनले आर्थिक पारदर्शीता नगर्ने, नियमित साधारण सभा नराख्ने र उपभोक्ताको हितमा काम नगरेको जनगुनासो आइरहेको भन्दै वडाले सामुदायिक वनको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको बताए ।‘हरियो वन नेपालको धन’ भन्ने भनाइलाई मनन गर्दै तपाईंहरु वन संरक्षण र उपभोक्ताको हितमा काम गर्नुहोस् । उनले भने–‘आर्थिक पारदर्शीता नराख्ने सामुदायिक वनको गतिविधिलाई वडा सरकारले निगरानी गरिरहेको छ । वनको कार्ययोजना अनुसार कार्य गर्दै आगामी दिनमा सुधार गर्दै जानुहोस् ।’ उनले सो सामुदायिक वनको वार्षिक आम्दानीबाट गरीबी न्यूनीकरण, सामुदायिक वन सरक्षण, सम्बर्द्धन गरेको बताए । वनको संरक्षणले स्थानीयलाई घाँस, राउरा, स्याउला पाउन सहज भएको वडाध्यक्ष बुढाले बताए ।उनले सामुदायिक वनले उपभोक्ताको जीविकोपार्जन, चोरी सिकारी नियन्त्रण, वन्यजन्तु संरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि पहल गर्नुपर्ने बताए । दानवीर सामुदायिक वनकी अध्यक्ष पार्वती थापाले सामुदायिक वनले कार्ययोजना अनुरुप नै आर्थिक कारोबार गर्दै आएको बताइन् । उनले वन विकास, गरीबी न्यूनिकरण, प्रशासनिक खर्च, सार्वजनिक हितमा खर्च गरिएको बताइन् ।सो सामुदायिक वनका कार्यालय सचिव देवबहादुर बोहराले आर्थिक वर्ष २०८०/२०८१ को ६२ लाख ४७ हजार १९७ रुपैयाँ आयव्यय प्रस्तुत गरेका थिए । सामुदायिक वनले प्रशासनिक खर्चतर्फ १२ लाख १३ हजार ६६१, वन सदुपयोग खर्च ८ लाख ११ हजार २८७, वन विकास खर्च १ लाख ४७ हजार १०, सामाजिक तथा सामुदायिक विकासतर्फ १५ लाख १९ हजार ९८५ र वन संरक्षणमा ७ लाख १५ हजार ६४० रुपैयाँ खर्च गरेको प्रतिवेदनमा सार्वजनिक गरिएको थियो । वनकी कोषाध्यक्ष सम्झना बुढाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नैसरा पुसनमगरले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९