विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्।  तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन रोक्ने भन्दै ‘सस्तो’ प्रचारबाजी भने गरिरहन्छन्। केहीअघि उनले विराटनगर महानगरपालिकाभित्र सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न रोक लगाएको प्रचार गरेका थिए।

 

तर, उनले भनेको भन्दा ठिक उल्टो छ विराटनगर महानगरपालिकाभित्र सूर्तीजन्य पदार्थको सेवन र बिक्री। भारतबाट तस्करीमार्फत् ल्याइने गुटखा रजनीगन्धा बिक्री-वितरणमा रोक लगाएको पनि उनै कोइरालाले कडाइ गरेको प्रचार गरे। तर, रजनीगन्धा तस्करी रोकिनु त कता हो कता, छ्यापछ्याप्ती छ। विराटनगरबाट अन्यत्र सहर काठमाडौंसम्म रजनीगन्धा पुग्ने गरेको छ।  कोइरालाले गरेको कडाइ कहाँ पुग्यो? ‘जुन गोरुको सिङ छैन, उसको नाम तिखे’ उखान कोइरालामा चरितार्थ भइरहेको छ।

 

हाल कोइरालाले त्यस्तै सस्तो प्रचारको रुपमा अगाडि सारेका छन्, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भन्दै। धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएको भन्दै विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरेको छ। अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ। महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सम्बन्धित व्यवसायीलगायतको उपस्थितिमा भएको छलफलले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने निर्णय गरेको हो।

 

बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गर्ने निर्णय पनि गरिएको छ। हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समस्या भएको भन्दै पार्किङ पनि व्यवस्थित गरिने भएको छ। अबदेखि सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्नेछ। निर्णय कार्यान्वयन भए-नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीसमेतको सहभागितामा अनुगमन समितिसमेत गठन गरिएको छ। समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरु रमण भगत, सुमन खड्का, विवेक बडुवाल सदस्य रहेका छन्। अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल र व्यवसाय कर तिरे नतिरेको, सफाई कार्ड लिए नलिएको लगायत पनि हेर्नेछ।

 

मेयर कोइरालाले विद्यार्थीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए व्यवसाय नवीकरण नगर्ने बताए। ‘कलेज र स्कुलबाट पोशाकमै विद्यार्थीहरु सिधै चिया, हुक्का बार र क्याफेमा पुग्ने गरेको भन्ने व्यापक गुनासो आएको छ। उपप्रमुखको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कमीकमजोरी देखियो,’ मेयर कोइरालाले भने, ‘त्यही भएर व्यवसायीहरुलाई नै बोलाएर छलफल गरेर निर्णय गरिएको हो।’ छलफलमा सहभागी व्यवसायीहरूले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनीहरूले विगतका कमी कमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्कासहित सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९