पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना

पथरी – दुई दशकयता मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार भीम पौडेलले पथरी शनिश्चरे नगरपालिकामा ‘दादागिरी’ शैली अपनाएका छन्। पौडेलको ‘दादागिरी’ शैलीका कारण मोरङको पथरी शनिश्चरे वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्। पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला र पथरी शनिश्चरे-कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।

 

पौडेलले करिब ३५० घर रहेको गाउँमा एसियन हाइवे निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माण जन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरेका छन्। तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा बगिरहेको छ। पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए। नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपरेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।

 

उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ। उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको पथरीका स्थानीय बताउँछन्।

 

विस्तारै कुरा बाहिरिएपछि जग्गादाताहरूसँग सम्पर्क गर्दा ‘मेरो जग्गा लिजमा दिँदा तँलाई सोध्नुपर्ने’ भन्दै उल्टै धम्क्याएका छन्। जग्गादातामध्ये सबै कट्वालको घर विराटनगरमा छ। जसमध्ये गंगा कट्वाल जिरिखिम्तीको घर भाडामा दिएर विराटनगर नै बस्छन्। ओविन कट्वाल पनि अधिकांश समय विराटनगर बस्छन् भने गणेश कट्वालका जेठा छोरा-बुहारी अमेरिका तथा कान्छा छोरा-बुहारी क्यानडा बस्छन्। सम्झौताको समय श्रीमतीसमेत अमेरिकामा रहेकी थिइन्। करिब १५ दिनको छुट्टीमा नेपाल आएका जेठा छोरा प्रदीप कट्वालले भिनाजु (दीपक बस्नेत)को लहैलहैमा कोहीसँग सल्लाह नै नगरी जग्गा दिएको भन्दै गुनासो गरेका थिए।

 

मानव बस्तीमा अलकत्रा प्लान्ट राख्न नहुने भन्दै उनले आपत्ति जनाएका थिए।स्थानीयले माग्दा महिनौसम्म नपाएको सम्झौता प्रदीप कट्वाल आएर खोज्दा मात्र स्थानीयले हेर्न पाएका थिए। सम्झौताको पहिलो बुँदामा नै अलकत्रा प्लान्ट राख्ने उल्लेख गरिएको छ। गाउँतिर हल्ला चल्न थालेपछि स्थानीयले जग्गाधनीसँग बुझ्दा उक्त स्थानमा प्लान्ट राख्ने सहमति नभएको बताएका छन्। सहमति पत्रमा सडकमा काम गर्ने मजदुरलाई बासस्थान तथा स्वीमिङ पुल निर्माण गर्ने, सयौं कर्मचारी त्यही बस्ने गरेको हुँदा स्थानीयको व्यवसाय समेत चल्ने, गाउँको बाटो पिच गरिदिने लगायतका आश्वासन दिइएको थियो।

 

आफ्नो जग्गामा कुखुराको खोर अथवा बाख्राको खोर बनाउँदा नै सँधियारको अनुमति चाहिने तर ठूला व्यापारीले सँधियारसँग स्वीकृति नलिँदा कानुन नै हैसियत अनुसार फरक-फरक देखिएको श्री डाँस-मोरङ्गी सामुदायिक वनका निवर्तमान अध्यक्ष तथा उक्त जग्गाका सँधियार मदन पोख्रेलले बताए। अर्का स्थानीय निवर्तमान वडासदस्य समेत रहेका अनोज घिमिरे भन्छन्, ‘एउटा शौचालय त व्यवस्थित गर्न नसक्नेले अस्पाल प्लान्ट व्यवस्थित तरिकाले राख्ने कुरामा आमिले विश्वास गर्नुपर्ने?’

 

कहीँ कतैबाट न्यायको अनुभुति नभएपछि स्थानीय अहिले मिडियामा हारगुहार गर्न बाध्य छन्। पौडेल यस्ता व्यवसायी हुन्, उनी संलग्न अधिकांश ठेक्कापट्टा तथा व्यावसायिक साझेदारसँग विवादमा आउने गरेका छन्।यता पौडेलले भने आफूले बलमिच्याइँ नगरेको भन्दै स्थानीयलाई ‘मिलाइदिन’ अनुरोध गर्ने गरेका छन्। ‘स्थानीयलाई मैले दु:ख दिएको छैन, बरू स्थानीयलाई कन्भिन्स गरिदिनुस् न,’ उनले भने। अलकत्रा प्लान्ट राख्न वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने हुन्छ। पौडेलको अलकत्रा राख्ने बेदालय कन्स्ट्रक्सन कम्पनीले इआइए रिपोर्ट दिन आनाकानी गरिरहेको छ। ‘इआइए रिपोर्ट नै बनाएको छ छैन भन्नेमा शंका छ,’ अर्का एक स्थानीयले भने। पौडेललाई इटहरीका पुराना व्यावसायिक साझेदार बलराम आचार्यसँगको हरहिसाब अहिलेसम्म क्लियर नगरेको आरोप लागेको छ। पौडेल जता पुग्छन्, सेटिङमा खोलानाला उधिन्ने ठेक्का पाउने गरेका छन्। नेपाली कांग्रेसनिकट रहेका पौडेलले पार्टी तथा आर्थिक शक्ति भिडाएर राज्य निकायसँग मिलेमतोमा गैरकानुनी कार्यहरू गर्दै आएका छन्।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९