Baigyanik Media

Advertisment

SKIP THIS

हिउँदे अधिवेसनमा सरकारले नागरिकता र प्रहरीसहित ३ बिधेयक पेश गर्ने

काठमाडौं। सरकारले तीनवटा बिधेयकलाइ संसदमा पेश गर्ने निर्णय गरेको छ ।गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेसनमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation