सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधार भएको देखेर छटपटाएः प्रदीप ज्ञवाली 

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमाले बिच सहकार्य आवश्यक भएको बताएका छन ।बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएका बताए । कांग्रेस र एमाले बिच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई सङ्कट पर्दा दुई दल मिल्ने गरेको ज्ञवालीको भनाइ छ । ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ’, उनले भने ।

 

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनि गरेको प्रचारको ज्ञवालीले आलोचना गरे । सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमाले लगायत अन्य दलमा आबद्ध मानिसहरू माथि पनि मुद्दा चलिरहेको उहाँले बताउनुभयो । ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन’, उनले भने ।

 

सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएका ज्ञवालीले बताए । ६/६ महिलनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको जनाउँदै यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको केन्द्रमा रहनु भएको उनकाे भनाइ छ ।

 

देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उनले बताए । माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनकाे भनाइ छ । नेकपा एमाले सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनु पर्ने बताए ।

 

नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उनले स्पष्ट पारेका छन । निरंकुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेका उनले स्पष्ट पारेका छन । ‘स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिँजडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ’, उनले भने  ।पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्पूर्ण भएको बताउँदै उनले यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ’, ज्ञवालीले भने ।

 

अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जालमार्फत अनेक खालका वितण्डा मच्चाउने काम भएका भन्दै ज्ञवालीले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताए । सो विधेयक संसदमा छलफल हुने भएकोले त्यसलाई परिमार्जनसहित व्यवस्थित बनाइने उनकाे धारणा रहेकाे छ । यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिनु पर्ने उनकाे भनाइ छ ।

 

तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने उनले बताउँदै तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्विकार्न नसकिने उनले स्पष्ट पार्नुभयो । मिडिया र सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नु पर्नेमा उनले जोड दिए । यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको उनले बताए ।असत्यको भिडबाट सत्यलाई किचिनबाट नजोगाउने हो भने सत्य मर्ने ज्ञवालीले बताउनुभयो । सत्यलाई जोगाउन प्रेस चौतारी नेपालले नेतृत्वदायी भूमिका खेल्ने ज्ञवालीले विश्वास व्यक्त गरे  ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९