जगदम्बिके मावि रानीकुण्डाले मनायो ४३ वर्षपछि पहिलो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको करिब ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको विद्यायले हालसम्म यसरी कुनै पनि वर्ष वार्षिकोत्सव मनाएको थिएन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओलीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कर्ण बहादुर कुँवरले पालिकाले बिधालयको भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश बिधालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटकपटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।

 

यसै गरि विशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थापनाकालदेखि आजसम्म विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम,संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्रअ. चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, रामबहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घराज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व विद्यार्थी विष्णु बिष्ट , २०८० को एसईई मा उत्कृष्ट जिएइए ल्याउने भावना बुढा ,बिमला साउद र निसा बिक लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ । विद्यालयका शिक्षक भुपेन्द्र रास्कोटीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटकसहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले विद्यालय स्थापन देखि हालसम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलीले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौँ, नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ ।   कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको...

‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’

काठमाडौँ,ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ पानी पठाउन भारतसँग प्रयास भइरहेको बताउनुभएको छ ।राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको आज बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ पानी पठाउन...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा), एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो । भ्यानका चालक रामेछाप...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ,  यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।   चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९