Baigyanik Media

Advertisment

SKIP THIS

युवा नेता खगेन्द्र बहादुर शाहीद्धारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

कैलाली। केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ तर कांग्रेसका युवा नेता मोहन्याल गाउँपालिका–३ फलेबीसौना निवासी नेपाली खगेन्द्र बहादुर शाहीले भने आफ्नो जन्मदिन विद्यालयमा मनाउनुभएको छ । मोहन्याल गाउँपालिका–३ ताम्चामा रहेको नव दुर्गा आधारभूत विद्यालयमा कक्षा शिशु देखी कक्षा ५ सम्म अध्ययनरथ रहेका १ सय ८ जना छात्र र छात्रालाई विद्यालयमै गएर शाहीले विद्यार्थी संगै आफ्नो जन्मदिन मनाउनुभएको हो ।

 

विद्यालयमा पुगेर उहाँले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको छ । शाहीले भन्नुभयो, “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर विद्यार्थीहरु संग मनाउदा राम्रो हुने लागेर विद्यालयमा गएर जन्मदिन मनाएको हु ।” अन्यत्र फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थींहरुमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले जन्मदिनको अवसरमा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गरिएको शाहीले बताउनुभयो । विद्यार्थीलाई कापी, कलम र माइक्रोफोन वितरण गर्नुभएको थियो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रको विकासको लागिखर्च गर्नु उपयुक्त ठानेर सहयोग गरेको युवा समाजसेबी शाहीले बताउनुभयो । आफ्ना लागि सबै विद्यार्थी समान भएकाले सवैलाई वितरण गरेको वताउनु भयो । युवा समाजसेबी खगेन्द्र शाहीकाे जन्मदिन हरेक वर्षको माघ महिनाको २० गते आईतबार पर्ने गर्दछ । शाही आफनो घर परिवारको जन्म दिनको अवसरमा यस अघि साहरा घरमा खाद्यान्न र शान्ति माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई कापी कलम पेन्सिल कटर सहयोग गर्दै आएका थिए। फजुल खर्च बचाएर विद्यार्थीको अध्ययनमा सहज पुर्याउने हेतुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको शाहीले बताउनु भयो । दोस्रो पटक बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको छ, ‘उहाँले भन्नुभयो ।

 

साथै उहाँले विद्यार्थीलाई समेत फजुल खर्च बचाएर जीवन उपयोगी काममा लगाउन सुझाव दिनुभयो । शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग परेका थिए । शैक्षिक सामग्री वितरण कार्यक्रममा मोहन्याल गाउँपालिका-३ का की वडा सदस्य तथा कार्यपालिका सदस्य नानी दमाईले भने हाम्रो वडामा दोस्रो पटक जन्मदिनकाे अवसरमा विद्यालयमा पुगेर जन्मदिन मनाएकोमा शाहीलाई धन्यवाद समेत दिएकी थिइन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश घर्ती मगर र सहायक प्रधानाध्यापक रण बहादुर सहकारीले जन्मदिनका अवसरमा फजुल खर्च गरि तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई शाहीको यो कार्यले समाज परिवर्तनको सन्देश दिएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद जैशीले युवा समाजसेबी खगेन्द्र शाहीलाई धन्यवाद दिँदै जन्मदिनको अवसरमा विद्यालयप्रति देखाएको माया र सद्भावले हौसला थपेको बताउनु भयो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा मोहन्याल गाउँपालिका वडा नं ३ की वडा सदस्य कोकिला देवी भण्डारी, युवा समाजसेवी जनक गिरी, समाजसेवी चन्द्र बहादुर बुढा, समाजसेवी चक्र कुँवर, युवा समाजसेवी उमेश सहकारी, विद्यालयका शिक्षक शिक्षिका लगायतले प्रशंसा गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation