महोत्तरीको रातु नदी ठेक्का : के नगरप्रमुखले मापदण्ड कार्यान्वयनमा भूमिका निभाउलान ?

महाेत्तरी । महोत्तरीको रातु नदीमा अवैध उत्त्खननका घटनाहरु नौला हैनन् । बैधानिक ढंगले ठेक्का लगाएर मापदण्ड विपरित उत्त्खनन गर्ने ठेक्केदार हुन् वा रातारात चोरी गर्ने तस्करहरुको कारण सरोकारवाला निकायमाथि सधैभरी प्रश्न चिन्ह उठने गर्दछ ।

 

अघिल्लो आर्थिक बर्षमा त ठेक्काको नाममा अवैधानिक दोहन भएका प्रमाणहरु सतहमा आएपछि स्थानीय नागरिक समाजले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन  छ । यो आर्थिक बर्षमा पनि नगरले ठेक्का सम्झौता गरेर उत्त्खननको प्रक्रियामा छ । रातु नदीको पहिलो र दोश्रो खण्डमा हिजाे देखि उत्त्खनन प्रारम्भ भएको छ । यही विचमा सधैभरी वैधानिकता माथी प्रश्न उठीरहेको वेला यो उत्त्खनन नियम संगत होला की नहोला ? भन्ने विषयमा आम चासो बढेको देखिएको छ ।

 

‘अघिल्लो आर्थिक बर्षमा पत्रकारहरुले सम्प्रेषण गरेका समाचारलाई झुट भनेर पन्छिन खोजेका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अहिले भईरहेको उत्त्खननलाई कसरी अनुगमन गर्लान भन्ने कौतहुल बढेको छ,’ स्थानीय जमुना पोखरेलले भनिन, ‘हामी उत्त्खननस्थलमा पुग्दा केही सुधार भएको देखिन्छ ।’ नगरमा उपमेयरको संयोजकत्वमा अनुगमन समिति भए तापनि अघिल्लो आर्थिक बर्षमा नगर प्रमुख क्षेत्रीले जिल्ला समन्वय समितिलाई देखाएर पन्छिन खोजेका थिए । तर अवैधानिक दोहन भएको तथ्यसहित नागरिक समाज सर्वोच्च अदालत पुगेपछि २०८० साल चैत्र २० गते सवै प्रकारका उत्त्खनन रोक्न अन्तरिम आदेश जारि भयो । त्यसको पुरक मुद्दा अझै विचाराधीन छ ।

 

‘एकातिर अवैध दोहन कै कारण बर्दिवासको दक्षिणी क्षेत्र वडा नं. १, ६, ७, ८, ९, १२, १३ का  उर्वर भुमि कटान भएको र समस्या सिर्जना भईरहेको बाक्लै  गुनासोहरु छन् भने अर्कोतिर शक्ति र पहुँचको आधारमा कानुन हातमा लिने काम हुँदै आएको छ ,’ स्थानीय युवा नेता निरोज अधिकारीले भने, ‘हामीले कानुन हातमा लिएर बल देखाउनेहरुलाई अघिल्लो आर्थिक बर्षमा सर्वोच्चमा नै गएर तह लगाउनु पर्याे, सायद  यसपाली त्यो अवस्था नआउला भन्नेमा हामी आशाबादी छौ ।’

 

ढुंगा, गिट्टी, वालुवा विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ अनुसार उत्त्खनन गरिएको नदीजन्य पदार्थको घाटगद्दी गर्नुपर्ने, सुचना बाेर्ड राख्नुपर्ने  दायाबायाँ एक किलोमिटर छाडनुपर्ने, उत्त्खननस्थल देखि गनतब्य स्थलसम्म पानी चुहिन नहुने जस्ता व्यवस्थाहरु छन् । साथै उत्त्खनन गर्दा ३ फिट भन्दा बढी खन्न नपाइने र आईई रिपोर्टलाई ध्यानमा राख्नुपर्ने जस्ता प्रावधानहरु उल्लेख गरिएको छ ।

 

अहिले रातु नदीको किसाननगर खण्डमा १ करोड ९८ लाख १४ हजार १ सय ४६ रुपैया, जुरे टोल खण्डमा १ करोड ९८ लाख ५ हजार ३ सय ४० रुपैया, फूलवारी खण्डमा १ करोड ६६ लाख ३४ हजार ४ सय ३२ रुपैया र पथलैया खण्डमा १ करोड ६५ लाख ९४ हजार ३ सय ३२ रुपैयामा नगरले ठेक्का लगाएको  छ ।  जसमध्ये किसाननगर खण्डवाट ८० हजार १ सय ५० घनमिटर, जुरेटोल खण्डवाट ८० हजार १ सय १५ घनमिटर,  फूलवारी खण्डवाट ६७ हजार २ सय ८८ घनमिटर र पथलैया खण्डवाट ६७ हजार १ सय २६  घनमिटर निकालिने नगरपालिकाले जनाएको छ ।

 

अघिल्लो आर्थिक बर्षमा मुद्दाका कारण ठेक्का नै विवादित बने पछि नगरप्रमुख यो उत्त्खननलाई लिएर केही संवेदशील देखिएका छन् । जनगुनासो र मापदण्डहरुलाई आधार वनाएर उत्त्खननका क्रममा गलत हुन् नदिने उनले बताउदै आएका छन् । यसको पुर्वतयारीको लागि नगरप्रमुखले केही दिन अगाडी सर्वदलीय बैठक समेत राखेका थिए । सत्ता इतरका दलहरुले उत्त्खनन नै गर्न नहुने अडान राखे तापनि उनले बैठक राख्दा ठेक्का प्रक्रिया सम्झौताको प्रक्रियामा प्रवेश गरिसकेको थियो ।

 

‘बैठकमा नदीजन्य पदार्थ सम्बन्धि एजेन्डा पनि थियो त्याहा हामीले विगतमा गरिएका उत्त्खननको वैज्ञानिक आकलन नै नगरी ठेक्का लगाउनु गलत भएको भन्ने विषय राख्यौ,’ माओवादी केन्द्रका नेता रुद्र सुसलिङ्गले भने, ‘पुरानो आईई रिपोर्टलाई सदर गरिएको थाहा पाएपछि हामीले अदालतामा प्रश्न उठाईएको आईईलाई सदर गर्नु गलत छ पनि भनेका थियौ ।’

 

यता पछिल्लो समय जलवायु परिवर्तनको असर र किसानहरुको नियमित वालीनालीमा नै समस्या आईरहेको वेला नदीजन्य पदार्थ उत्त्खनन नै गलत हुने कतिपयको तर्क छ । बर्षेनी बर्षा कम हुँदै जाँदा नदीका खण्डहरुमा गेगर तथा अघिल्लो पटक खनेका खाल्डाहरु नै परिपूर्ति नभएको नेकपा एमालेका नेता शंकर महतोले वताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९