
कैलाली। कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ स्थित रहेको मोहन्याल माध्यमिक विद्यालय बडीकाथाईमा थप चार कोठे भवन तथा शौचालय निर्माण हुने भएको छ ।
संघीय सरकार सशर्त अनुदान कार्यक्रम अन्तर्गत ५५ लाख र मोहन्याल गाउँपालिकाको समानीकरण अनुदान कार्यक्रम अन्तर्गत ५ लाखको लागतमा भवन निर्माण हुने भएको हो । बुधवार उक्त भवनको मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पिरम बुढा (प्रेम)ले शिलान्यास गरेका हुन् ।
भवनमा ४ कक्षाकोठा निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर अधिकारीले बताए ।
शिलान्यास कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष धर्मराज जैसी, विद्यालयका प्रधानाध्यापक मानबहादुर पुन मगर, शिक्षक, इन्जिनियर सीता कार्की र युवा नेता गणेश घर्ती मगर अभिभावक तथा स्थानीयहरूको उपस्थिती रहेकाे थियो ।