मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ। महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ । मौलापुर पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाद्वारा २०७६ साल देखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना हुँदै आएको छ। विगतको जस्तै यो वर्ष पनि महा शिवरात्रीको अवसरमा यही फागुन ११ गतेदेखि १५ गतेसम्म हुने मधानी बिशेष महोत्सव लाई पूर्ण सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न समिति उपसमिती गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। पतौरास्थित उत्खननबाट निस्किएको धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तीव्ररुपमा अगाडि बढाइएको मेयर रिनाकुमारी साहले बताएकी छिन्। मधानी महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मेला आयोजक मूल समिति संयोजकको जिम्मेवारी मेयर साहलाई दिइएको छ।

 

पुरातात्विक महादेव मन्दिर उत्खनन पछि पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सल्लाह अनुसार आयोजित मधानी महोत्सवको पहिलोपटक २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भन्डारीबाट उदघाटन भएर सुरुआत भएको थियो। मधानी महोत्सव छैटौँ संस्करण २०८१ मा यस पटक आयोजना हुँदैछ । मौलापुर नगरपालिकामा लगातार दोस्रोपटक मेयरको जिम्मेवारि पाएकी रिना कुमारी साहले मधानी महोत्सवलाई नगरको प्रमुख पर्यटकीय तथा सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आएकी छिन्।

 

संघीय संसद प्रभु साहले महोत्सवका सन्दर्भमा मेयर साहसँग महोत्सवको विभिन्न पक्षमा जानकारी लिएका छन्।  महा शिवरात्रीको अवसरमा शिव-पार्वतीको बिवाहोत्सवको रुपमा मनाउन मेयर साहको अध्यक्षतामा १०१ सदस्यीय मधानी महायज्ञ मूलसमिति  गठन भएको छ । यसैगरी लखिन्द्र साहको संयोजकत्वमा काँवरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, नगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएको छ।

 

त्यस्तै सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, उपमेयर नागेन्द्रप्रसाद यादवको संयोकत्वमा अतिथि सत्कार समिति, राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ ।

 

अागामी ११ गते देखी सुरु भईरहेको मधानी बिशेष महोत्सवको अवसरमा हिन्दी, भोजपुरी फिल्मका चर्चित बलिउड कलाकार एवं सांसद रवि किशन, भोजपुरी फिल्मका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, महाकुम्भकी भाईरल गर्ल मोनालिसा,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे लगायत चर्चित भारतीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी नेपाली कलाकार तर्फको गायिका अनु चौधरी, तथा कलाकार सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता रहने छ ।

 

यस पटक आयोजना भईरहेको महोत्सवको प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका मुखयमन्त्री सतीश कुमार सिंह रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। महोत्सवमा १० देखि १२ लाख श्रद्धालु अवलोकन गर्न मौलापुर पतौरा आउने विश्वास आयोजकले गरेको छ । मेलामा आउने भक्तजन तथा श्रद्धालुको सुरक्षाका लागि सैयौं स्वयं सेवक , ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९