
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ कोटागढीमा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नं ४ का वडाध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो।
संस्थाका अध्यक्ष देवानन्द जैशीले आर्थिक वर्ष २०८०/०८१ को करिब ५३ लाख ७५ हजार ६ सय ६१ रुपैँया ०७ पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
निमित बिजुलीको बिल बुझाउने शेयर सदस्यहरुलाई प्रत्येक टोलबाट दुई जना छनोट गरि सोही कार्यक्रममा सेयर सदस्यहरु लाई सी •एफ •एल • चिम सहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका पूर्व अध्यक्ष शिवराज सापकोटा, पूर्व अध्यक्ष जनक साउँद, बर्दगोरिया धार्मिक पर्टकिय तथा संस्किर्तिक विकास समिति अध्यक्ष सुशील शाही, कोटागढी बजार विकास समितिका अध्यक्ष मगना चौधरी, छैटौं अधिवेशनका निर्वाचन अधिकृत तेज प्रताप मल्ल, समाजसेवी बुद्धिजिवी मिन बहादुर बम,लक्षमण सापकोटा र युवा समाजसेवी देवेन्द्र शाही लगायतका अतिथिहरु रहनु भएको थियो ।
संस्थाका उपाध्यक्ष दिल वहादुर सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ट संचालक समिति सदस्य लाल बहादुर विश्वकर्माले गर्नुभएको थियो। हाल सम्म उक्त संस्थामा ६६१ जना शेयर सदस्यहरु रहेका छन्।