आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको‌ अध्यक्षमा डिल बहादुर सापकोटा निर्वाचित 

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नं ४ कोटागढी कैलालीमा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको अध्यक्षमा डिल बहादुर सापकोटा सर्व सहमत निर्वाचित भएका छन् । शनिबार भएको २० औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ।

 

समितिको उपाध्यक्षमा गोविन्द डाँगी ,सचिवमा लाल बहादुर विक र कोषाध्यक्षमा प्रतिमा देवी साउँद र सदस्यहरुमा क्रमशः राजु चौधरी, युवराज मल्ल, जानकी बम, सपना देवी सापकोटा र धन प्रसाद न्यौपाने सर्व सहमत निर्वाचित भएका हुन ।

 

साधारण सभाले लेखा समिति चयन गरेको छ । मेघराज सापकोटा लेखा तथा सुपरिवेक्षक समितिको संयोजक भएका छन् भने सदस्यमा नारद न्यौपाने र रमेश भूल रहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation