आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

मोर्डन मालिका नेसनल विद्या निकेतन स्कुलको छैटौं वार्षिक उत्सव सम्पन्न

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको मोर्डन मालिका नेसनल विद्या निकेतन स्कुलको छैटौं वार्षिक उत्सव सम्पन्न भएको छ।

 

 

यस कार्यक्रममा स्कूलका संस्थापक गणेश शाहीको अध्यक्षता सुरु भएको कार्यक्रमा प्रमुख अतिथि वडा नम्बर २ का पूर्व वडा अध्यक्ष भिखु चौधरी थिए भने विशिष्ट अतिथिमा सदस्य मोहन चौधरी रहनु भएको थियो।

 

समारोहमा विद्यालयका संस्थापक जगत शाही, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज सिंह स्वार र पूर्व अध्यक्ष रूपक सुनार र सडकपुर बौनिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पूर्व अध्यक्ष भोज राज भट्ट शिक्षकहरू, समाजसेवी, बुद्धिजीवी, भूतपूर्व शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उपस्थिति रहेको थियो। विद्यालयका संस्थापक सिद्ध ढुंगानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रिन्सिपल सुरेश खन्डीले गरेका थिए ।

 

कार्यक्रममा विद्यार्थीहरूले नाटक र विभिन्न नृत्य प्रस्तुत गरेका थिए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation