आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जगत तारा इंग्लिश बोर्डिङ्ग स्कूलद्वारा बर्दगाेरिया धाम धार्मिक क्षेत्रमा सरसफाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको जगत तारा इंग्लिश बोर्डिङ्ग स्कूलले आज आईतबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गरेका छन् । नजिकदै आइरहेको महा शिव रात्री पर्वलाई मध्यनजर राख्दै धार्मिक क्षेत्र वरपरकाे क्षेत्रमा सरसफाई गरिएको हो । हातमा झाडु बोकेर धाममा पुगेका स्कूलका शिक्षक र विद्यार्थीले बाटो, मन्दिर, कार्यक्रम स्थल परिसर सरसफाइ गरेका छन् । यही महिनाको १४ गतेदेखि फागुन १६ गतेसम्म महाशिवरात्री मेला २०८१ लाई सहयोग होस् भनेर सरसफाई गरिएको अभियानमा सहभागीहरुको भनाई रहेको छ । सरसफाइ अभियान स्कूलका संस्थापक एकेन्द्र मल्ल विभिन्न शिक्षक र विद्यार्थीहरूको सहभागीता रहेको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation