परमाणु बम हमला भए पनि अब जोगिन सकिने, चिनियाँले गरे नयाँ खोज

बेइजिङ। विश्वका आधाभन्दा बढी देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धको चपेटामा परिरहेका छन् । तीमध्ये रुस र उत्तर कोरियाजस्ता आणविक धनी देशहरू पनि युद्दको अवस्थामा छन्। आणविकलाई सबैभन्दा खतरनाक रासायनिक हतियार मानिन्छ। १०० परमाणु बमको विस्फोटबाट सम्पूर्ण विश्व ध्वस्त हुने वैज्ञानिकहरुले जनाउँदै आएका छन्, जबकी विश्वमा १ हजारजति परमाणु बम रहेको अनुमान गरिएको छ।

 

यसैबीच चिनियाँ वैज्ञानिकहरूले आणविक आक्रमणबाट पीडित मानिसहरूलाई बचाउन सक्ने स्वास्थ्य सामाग्रीको विकास गरेको जनाएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ वैज्ञानिकहरूले मुसामा अनुसन्धान गरेर उनीहरूले तयार पारेको उपचारले क्यान्सर र आणविक आक्रमणबाट बच्न सक्ने पत्ता लगाएका हुन ।

 

चाखलाग्दो कुरा के छ भने विश्वका अधिकांश देश युद्धमा फसेका बेला चीनले यो नयाँ खोज गरेको हो । गुआन्झाउ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका एसोसिएट रिसर्च फेलो सन यिरोङको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार ‘स्टिङ’ नामक प्रोटिन वा ‘इन्टरफेरोन जीन’ को ‘स्टिमुलेटर’ लाई शरीरबाट निकालियो भने शरीरले आणविक आक्रमणलाई समेत सामना गर्न सक्ने जनाइएको छ।

 

अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि मुसामा गरिएको प्रयोगको क्रममा यसको बाँच्ने क्षमता ११ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुगेको देखिएको थियो । यसको मतलब यो प्रयोग सफल भयो भने कुनै पनि ब्यक्तिले परमाणु हमलासमेत सहन सक्नेछ । वैज्ञानिकहरुका अनुसार शरीरमा रहेको ‘स्टिङ प्रोटिन’ का कारण मृत्यु कोशिकाहरु सक्रिय हुन्छन् । त्यसलाई हटाउने प्रावधान राखियो भने आणविक हमला कमजोर साबित हुन सक्छ ।

 

हालसम्म भएका धेरै अनुसन्धानहरूमा यो पत्ता लागेको छ कि आक्रमणबाट तुरुन्तै मृत्युका कारण ‘रेडियो एक्टिभ विकिरण’ लाइ मानिदै आएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको परमाणु हमलामा ‘रेडियो एक्टिभ विकिरण’ मुख्य प्रभाव देखिएको थियो। यही कारणले गर्दा वैज्ञानिकहरूले परमाणु बमलाई सबैभन्दा खतरनाक मान्ने गर्छ । तर, अब चीनको यो हालैको अनुसन्धानले विश्वमा नयाँ हलचल मच्चाउन सक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९