दुर्लभ खनिजमा अमेरिकालाइ पहुँच दिन युक्रेन सहमत

किभ । अमेरिका र युक्रेन प्राकृतिक स्रोत र पुनर्निर्माणका लागि सम्झौता गर्न सहमत भएका छन्। स्रोतहरूलाइ उदृत गर्दै यसअघिका केही अस्वीकार्य सबै कुरा हटाइए पछि प्राकृतिक स्रोत र पुनर्निमाणमा युक्रेन र अमेरिका बिच सम्झौता गर्नका लागि सहमत भएको सिएनएनले जनाएको छ। ‘यो अब यो सम्झौताले युक्रेनको सुरक्षा र शान्तिमा कसरी योगदान पुर्‍याउँछ भनेर स्पष्ट रूपमा ब्याख्या गर्नेछ’ एक युक्रेनी अधिकारीले भने । तर, अमेरिकाले युक्रेनको सम्झौताका सर्तहरूमा सहमति भएको छ कि छैन भन्ने पुष्टि गरेको छैन।

 

यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अब आगामी दिनमा वाशिंगटनको यात्रा गर्ने अपेक्षा गरिएको छ। ‘जेलन्सकी शुक्रबार आउँदैछन् भन्ने सुनिएको छ, पक्कै पनि यो मसँगको सम्बाद ठीक हुनेछ, यदि उनले चाहन्छन भने मसँग हस्ताक्षर गर्न तयार छु, म बुझ्छु यो ठूलो सम्झौता हो, धेरै ठूलो सम्झौता’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ओभल अफिसबाट भने।

 

युक्रेनको पुनर्निर्माण कोषमा अमेरिकी संलग्नता रहने र त्यसको बदलामा युक्रेनले दुर्लभ खनिजहरूमा अमेरिकालाइ पहुँच प्रदान गर्ने सम्झौतामा सहमत हुन युक्रेन तयार रहेको बताइएकाे छ । स्रोतले भन्यो कि जेलन्सकीले अमेरिकीकाे मस्यौदामा समावेश गरिएको सुरक्षा ग्यारेन्टीको भने विरोध गरेका थिए।  पछिल्लो मस्यौदामा युक्रेनको सुरक्षा सम्बन्धी केही शब्दहरूमा अस्पष्ट रहेको थियो । वार्तासँग परिचित युक्रेनी स्रोतलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘सम्झौताको बारेमा केही बुदाँहरू काँटछाँट गरे पछि वार्ता हुनेछ र अमेरिकी र युक्रेनी राष्ट्रपतिहरूले व्यक्तिगत रूपमा सुरक्षा ग्यारेन्टीहरू छलफल गर्न सक्छन्।’

 

सम्झौताको पहिलो प्रस्तावमा  ट्रम्प प्रशासनले युक्रेनको दुर्लभ खनिजहरूमा ५०० बिलियन सेयर दिनु पर्ने सर्त राखेको थियो तर सुरूमा जेलेन्स्कीले अस्वीकार गरेका थिए । जेलेन्स्कीले सम्झौताको त्यो संस्करण स्वीकार नगरे पनि अमेरिकाले भने कुनै फरक नपर्ने जवाफ दिएकाे थियो । ‘ यसमा कुनै अमेरिकी बाध्यताहरू थिएनन् जबकि युक्रेनले सबै उपलब्ध गराउने अपेक्षा गरिएको थियो’ स्रोतले भन्यो । तर, त्यस यताको छलफलमा युक्रेन र अमेरिकाका सहमतिको नजिक पुगेको संकेत देखिएको छ ।

 

सोमबार ह्वाइट हाउसको भ्रमणको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि राष्ट्रपति जेलेन्स्कीसँग काम गर्ने ट्रम्पको निर्णयको प्रशंशासमेत गरेका थिए । उनले यो पनि भनेका थिए कि दुर्लभ र महत्वपूर्ण खनिजहरूमा अमेरिका र युक्रेनका लागि धेरै महत्त्वपूर्ण रहेको छ, मलाइ विश्वास छ यस सम्झौतालाई निष्कर्षमा पुर्‍याउनका लागि ट्रम्पले सफलता हासिल गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९