ट्रम्पजस्तै आप्रवासीप्रति अनुदार जर्मनीका भावी चान्सलर मेर्टेज

बर्लिन। जर्मनीमा तीन दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ । अब सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज देशको नयाँ प्रमुख अर्थात् चान्सलर बन्न सक्ने जनाइएको छ, यद्दपी औपचारिक निर्णय भने हुन अझै बाँकी रहेको छ । यद्यपि मेर्ट्ज पार्टीका नेता हुन्, जुन पार्टीवाट यसअघि  एन्जेला मर्केल चान्सलर भइसकेकी छिन् तर मेर्ट्ज भने पुर्व चान्सलर मर्केल भन्दा धेरै नै आक्रामक मानिन्छन्। उनलाई अमेरिकाको ठूलो समर्थक मानिन्छ तर युरोप र युक्रेनका सम्बन्धमा ट्रम्पका पछिल्ला भनाइका कारण अब उनले अमेरिकाबाट टाढिने कुरा गरिसकेका छन् ।

 

 

 

यद्वपी, मेर्टज  र ट्रम्पबीच ठूलो समानता पनि छ । ट्रम्प जस्तै उनी पनि  ‘नेशन फर्स्ट’ भन्ने सोच्छन् । गैरकानुनी आप्रवासीहरूप्रति उनको दृष्टिकोण ट्रम्पको जस्तै कट्टरपन्थी रहेको छ, उनी आप्रावासी प्रति ट्रम्प जस्तै अनुदार रहेका छन् ।जर्मन चुनावको नतिजा बाहिर आएपछि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने, ‘जर्मनीमा कन्जरभेटिभ पार्टीले जित हासिल गरेको छ । अमेरिकाजस्तै जर्मनीका जनता पनि विचारहीन एजेन्डाबाट दिक्क थिए । विशेष गरी ऊर्जा र आप्रवासीको मुद्दामा। आज जर्मनीको लागि ठूलो दिन हो।’

 

 

ट्रम्पले मेर्ट्जको जितमा खुशी व्यक्त गरिरहँदा मेर्ट्जले जर्मनीले आफ्नो सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । साथै, वासिङ्टन माथिको जर्मनीको लामो समय देखिको निर्भरता पनि अन्त्य गर्नुपर्ने जनाएका छन किनभने मेर्ट्ज युरोपको भविष्य प्रति ट्रम्पको लापरवाह दृष्टिकोणबाट दुःखी रहेका छन्।

 

 

 

‘मैले यस्तो केही बोल्नुपर्छ भन्ने लागेको थिएन, तर ट्रम्पको भनाइबाट यो स्पष्ट हुन्छ कि यो अमेरिकी सरकार युरोपको भविष्यप्रति उदासीन छ। मैले युरोपेली संघका धेरै प्रधानमन्त्री र सरकार प्रमुखहरूसँग कुरा गरेको छु। यस समयमा हाम्रो प्राथमिकता युरोपलाई बलियो बनाउनु पर्छ ताकि हामी अमेरिकाबाट स्वतन्त्रता र आत्मनिर्भरता प्राप्त गर्न सकौं,’ उनले भनेका छन् ।

 

 

 

अमेरिका र धेरै युरोपेली देशहरू जस्तै जर्मनीमा पनि ठूलो संख्यामा अवैध आप्रवासीहरू आउँछन्। यो समस्या समाधान गर्न मर्ट्जले अध्यागमन कानूनलाई कडा बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।जर्मनीमा मेर्ट्जको पार्टीले चुनाव जितेर पहिलो त भएको छ तर यो नै काफी भने छैन किनभने उनको पार्टीले ६३० मध्ये २०८ सिट मात्र पाएको छ भने सरकार बनाउन कम्तिमा ३१६ सिट आवश्यक छ। यस्तो अवस्थामा पार्टीले गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ । यदी पार्टीले गठबन्धन सरकार बनाउन सफल भयो भने मेर्ट्ज चान्सलर बन्ने लगभग पक्का रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९