एसपी घिमिरेको निर्देशनले रौतहटबासीलाई राहत, लेखापढीलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ जोगियो

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेको एउटा निर्देशनले रौतहटेका जनताको लाखौं रुपैयाँ जोगिने देखिएको छ।एसपी घिमिरेले एक महिनाअघि गरीब विपन्नको लागि निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका थिए।गत माघ १२ गते जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरूका प्रमुखलाई गरीब विपन्नको निवेदन लेखिदिने व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका थिए।जिल्ला प्रहरी कार्यालयलगायत मातहतका सम्पूर्ण प्रहरी इकाइ कार्यालयहरूमा गरीब विपन्नको लागि निःशुल्क निवेदन लेखिने व्यवस्था गरेको मात्र एक महिनाको अवधिमा जिल्ला भरीमा ४२६ जना लाभान्वित भएको एसपी घिमिरेले बताएका छन्।

 

 

इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा ९१ , इलाका प्रहरी कार्यालय गरुडामा ५५, जिल्ला प्रहरी कार्यालयमा २९, इलाका प्रहरी कार्यालय मौलापुरमा २० लगायत जिल्लाका सम्पूर्ण प्रहरी कार्यालयमा प्रहरीले कुल २३४ जना पीडितको निःशुल्क निवेदन लेखेको र प्रहरीले निःशुल्क दिएको फर्म्याटमा १९२ जना निवेदक स्वयंले लेखेको एसपी घिमिरेले जानकारी दिए।इलाका प्रहरी कार्यालय कटहरियालगायत जिल्लाको प्रायः सबैजसो चौकी आसपास केही व्यक्तिले सानो निवेदन, ठाडो उजुरी लेखेबापत गरीब विपन्नसँग ३०० देखि ७०० रुपैयाँसम्म लिने गरेका थिए।

 

 

यसरी सरदर ५०० रुपैयाँको दरले एक महिनाको निवेदन लेखाएबापत रौतहटबासीको २ लाख १३ हजार रुपैयाँ एसपी घिमिरेको एउटै निर्देशनले जोगिएको देखिएको छ।यसैलाई आधार मानेर एक वर्षको हिसाब गर्दा प्रहरीको निवेदन लेखाइबाट मात्र जिल्लाबासीको २५ लाख रुपैयाँ भन्दाबढी जोगिन्छ।जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निवेदनको लागि एउटा ढाँचा तयार गरेर गत माघ ११ गते राति जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाइएको थियो । साेही ढाँचा प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिइने गरिएको छ। पढेलेखेका भएमा आफैं भरेर बुझाउने र नभए प्रहरीले प्रहरीले भरेर दिन्छ। ढाँचा ठाडो उजुरी निवेदनसरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिए।

 

 

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।अब रौतहटको सम्पूर्ण प्रहरी कार्यालयहरूमा प्रहरी स्वयंले निःशुल्क निवेदन लेख्न थालेपछि दर्जनौं लेखनादासको पसल बन्द भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९