बाराका एसपी सन्तोष तामाङको एक महिना, चौतर्फी प्रगति

बारा – जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका युनिटहरूले एक महिनाको अवधिमा साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि माघ १८ यता फागुन २० गतेसम्म विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको ३ करोड ५८ लाख ४० हजार ६५९ रुपैयाँ बराबरको सामान बरामद गरिएको छश्रएसपी तामाङको निर्देशनमा बारा प्रहरीले विशेष सक्रियता देखाउँदै चौतर्फी प्रगति भएको बताएको छ।

 

 

यही अवधिमा प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले ३२० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम, १७० ग्राम ४ मिलिग्राम ब्राउन सुगर ओसार-पसारमा संलग्न नेपाली पुरूष २२ र भारतीय पुरूष ४, नेपाली महिला २ जना गरी २६ जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।सोही अवधिमा ९ बिघा १ कट्ठा ५ धुर खेतमा लगाइएको १ लाख ८१ हजार बोट गाँजा खेती नष्ट गरिएको छ।त्यस्तै, डेढ कठा जग्गामा लगाइएको २० हजार बोट अफिम खेती नष्ट गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिएका छन्।

 

 

त्यसैगरी, स्रोत नखुलेको ३ लाख २५२६ रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय कारोबारी पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ।कर्तव्य ज्यान मुद्दा १, सवारी ज्यान मुद्दा ७, लागुऔषध मुद्दा १७, साइबर अपराध मुद्दा १, अभद्र व्यवहार मुद्दा १७ गरी ४३ जनामाथि मुद्दा दायर गरी कारबाही गरिएको पण्डितले बताए।यो अवधिमा विभिन्न मुद्दामा दण्ड सजाय तोकिएर फरार भएका ८४ जना पक्राउ गरिएको छ। पक्राउ प्रतिवादीबाट  १३ लाख ८६ हजार ८०० रुपैयाँ जरिवाना र १२ वर्ष,  ७ महिना, १४ दिन कैद भुक्तानी भएको पण्डितले बताए।

 

 

जिल्ला प्रहरी कार्यालय बारामा परेका १४० उजुरी उजुरीमध्ये ८६ फर्छ्यौट, ५४ उजुरी प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिक सेवा केन्द्र अन्तर्गत सेवा प्रवाहतर्फ १३ वटा महिला हराएको उजुरीमध्ये ४ महिला फेला परेका छन्। १८ वटा बालबालिका हराएको उजुरीमध्ये ७ जना बालबालिका फेला परेका छन्। ८३ वटा महिला हिंसा सम्बन्धी परेको उजुरी परेको तथ्यांकमा उल्लेख गरिएको छ।

 

 

महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक सेवा केन्द्रतर्फ ७७ वटा घरेलु हिंसा सम्बन्धी परेका उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएका छन्।समुदायिक कार्यक्रम अन्तर्गत साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम ५ वटा, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १४ वटा, महिला हिंसा न्यूनीकरण सम्बन्धी ७ वटा गरिएको छ।जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा १४ वटा विद्यालयमा जनचेतना, अनुशिक्षण कार्यक्रमबाट १२१० जना लाभान्भित भएका छन्। त्यस्तै, २ वटा नागरिक सुनुवाइ र १ वटा अल्प संख्यकसंग प्रहरी कार्यक्रम सम्पन्न भएको उल्लेख गरिएको छ।

 

 

अनुचित लेनदेन कारबाहीतर्फ उजुरी ३ वटा परेकोमा २ वटा फर्छ्यौट भएका छन्। यसमा पीडितको माग दाबी १४ लाख भए पनि ३ लाख ५६ हजारमा मिलापत्र भएको थियो।१३ थान हराएको मोवाइल फेला पारी मोबाइल धनीलाई बुझाइएको छ।माघ र फागुन महिनामा गरिएको ३९ सय २८ सवारी कारवाहीबाट कुल ३० लाख ४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।प्रहरीले मदिरा बनाउने भट्टी (घर)  १२ वटामा छापामारी ३ हजार २५५ लिटर  तयारी मदिरा र ८ हजार ३०० लिटर कच्चा मदिरा नष्ट भएको छ।ब्रोइलर कुखुरा १२१५ किलो बरामद गरिएको छ। १ लाख ५० हजार बराबरको कुखुराको चल्ला  नष्ट गरिएको छ। ९० हजार मूल्य बराबरको अबैध सालको काठ बरामद गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९