अन्तरिक्ष युद्दका लागि चीनले अभ्यास सुरू गरेको अमेरिकाकाे दावी, अभ्यासरत ५ उपग्रह लाग्यो पत्ता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिखेर रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्नमा व्यस्त छन् ।तर, हालै मात्रै एक अनुसन्धानले के देखाएको छ भने चीन अब अन्तरिक्षमा नयाँ युद्धको तयारीमा छ, यसले त्यसका लागि युद्द अभ्याससमेत गरिसकेको दावी गरिएको छ । अमेरिकी स्पेस फोर्सले चीनको अन्तरिक्ष गतिविधिलाई ‘डग फाइटिंग’ भनेर वर्णन गरेको छ, जसमा चिनियाँ उपग्रहहरूले उन्नत सैन्य रणनीति अभ्यास गरिरहेका छन्। अमेरिकी स्पेस फोर्सले ५ चिनियाँ उपग्रह अन्तरिक्षमा फेला पारेको छ ।

 

वास्तवमा, अमेरिकी स्पेस फोर्सले हालै ‘शत्रु देश’ हरूले आफ्नो अन्तरिक्ष युद्ध शक्ति बढाइरहेको बताउँदै चीनीया उपग्रहहरूले युद्द अभ्यास गरिरहेकाे जनाएकाे छ। चीनले स्याटेलाइट मुभमेन्टलाई सबैका अगाडि प्रस्तुत गरेको छ, जसलाई विज्ञहरूले ‘डग फाइटिङ’ भनेका छन् । यो जानकारी ब्रेकिङ डिफेन्सको रिपोर्टमा उल्लेख गरिएको छ ।सन् २०१९ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीन र रुस जस्ता शत्रुहरूबाट अन्तरिक्षमा आधारित खतराहरूको सामना गर्न ‘अमेरिकी स्पेश फोर्स’ स्थापना गरेका थिए।

 

म्याकलिसको वार्षिक प्रतिरक्षा कार्यक्रम सम्मेलनमा अमेरिकी अन्तरिक्ष बल जनरल माइकल ग्युटलिनले ५ चिनियाँ भु–उपग्रहको चालले उन्नत सैन्य रणनीति संकेत गरेको खुलासा गरेका हुन । ग्युटलिनले चीनले गरिरहेको  कार्यको बारेमा विस्तृत रूपमा वर्णन गरेका पनि छन । उनका अनुसार धेरै वस्तुहरू एक अर्काको वरिपरि नियन्त्रित र मिश्रित ढाँचामा घुमिरहेका थिए। यस गतिविधिले उपग्रहहरू बीच ‘अन अर्बिट वार’ अभ्यासको भइरहेको देखिएको छ ।

 

 

‘अन्तरिक्षमा पाँचवटा फरक वस्तुहरू समन्वय र नियन्त्रणमा एक अर्काको वरिपरि घुमिरहेका देखिएको छ। यसलाई हामी अन्तरिक्षमा ‘डग फाइटिंग’ भन्छौं। तिनीहरूले एक उपग्रहबाट अर्कोमा अन्तरिक्ष सञ्चालनका लागि रणनीति, प्रविधि र प्रक्रियाहरू अभ्यास गरिरहेका छन्,’ गुएट्लिनले भने।

 

स्पेस फोर्सका प्रवक्ताले सन् २०२४ मा शिजियान–२४ सी र शिजियान–६०५ ए र बी उपग्रहहरूको पृथ्वीको तल्लो कक्षमा सञ्चालन गरेको वर्णन गर्दै चीनको सहभागिता पुष्टि गरेका छन् । प्रवक्ताले ब्रेकिङ डिफेन्सलाई ईमेलमा लेखेका छन्, ‘जनरल गुएट्लिनले अन्तरिक्षमा अवलोकन गरिएका चिनियाँ उपग्रहहरूको गतिविधिहरू नोट गरे। चीनले २०२४ मा तीन शिजियान–२४ सी प्रयोगात्मक उपग्रह र दुई चिनियाँ प्रयोगात्मक अन्तरिक्ष वस्तुहरू शिजियान–६ ०५ए र बीको एक श्रृंखला सञ्चालन गरेको छ, यी गतिविधिहरू पृथ्वीको तल्लो कक्षामा देखिएका थिए। यी अवलोकनहरू व्यावसायिक रूपमा उपलब्ध जानकारीमा आधारित छन्।’

 

 

अमेरिकी रक्षा मन्त्रालयले चीन र रुसले आफ्नो अन्तरिक्ष सेना बढाउँदै गएको चेतावनी दिएको छ । उपग्रहहरू पहिले एकअर्काको नजिक आएका छन् तर धेरै उपग्रहहरू एकसाथ समन्वय गर्नु ठूलो कदम हो।  रिपोर्टहरूका अनुसार चिनियाँ उपग्रहहरूले भू–स्थिर कक्षमा अमेरिकी सम्पत्तिहरूको निगरानी गरिरहेका छन्। गुएट्लिनले प्राविधिक फाइदाहरू घट्दै जाँदा स्पेस फोर्सलाई अप्टिमाइज गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९