माेर्चाको नेतृत्वमा उपेन्द्र अस्विकार्य, ठुलो दलका नाताले राउतको दावी

काठमाडौं। संघीय लोकतािन्त्रक मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दावी गरेका छन् । तराइ मधेस केन्द्रित दल मध्ये संसदको सबैभन्दा ठुलो दलको हैसियतले राउतले दावी गरेका हुन् । उनले आलोपालो अध्यक्षता नगरेर मोर्चाको नेतृत्व गर्नै परेको खण्डमा संसदको सबैभन्दा ठुलो दलको नाताले जनमतले पाउनु पर्ने दावी प्रस्तुत गरेका हुन् ।

 

मोर्चाको नेतृत्वलाई बहस चलिरहदाँ अध्यक्ष राउतले ६ दल मध्ये आफ्नो दल ठुलो भएको तथ्यांकसमेत प्रस्तुत गरेका छन् । उनले भनेका छन, ‘यस मोर्चामा सबै भन्दा ठूलो दल जनमत पार्टी (६) हो। त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४ं), तमलोपा,  जनता प्रगतिशील पार्टी, रा्ष्ट्रिय मुक्ति पार्टी रहेका छन्, नेतृत्त्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले लिनेछ।

मोर्चा विषयमा भ्रमपूर्ण जानकारी बारे स्पष्टीकरण दिदैँ उनले लेखेका छन्ः

 

मोर्चाको विषयमा अझै पनि दस्तावेज तैयार हुँदैछ। अहिलेसम्म अनुसारस् मोर्चाको नाम ‘संघीय लोकतान्त्रिक मोर्चा’ हुनेछ। कोही अध्यक्ष हुने छैनन्, चक्रिय प्रणाली अनुसार बैठक सबै पार्टीले राख्ने र सोदिन सोही दलको अध्यक्षले मोर्चाको अध्यक्षता गर्ने भन्ने छ। अरू दल पनि जोडिन सक्छन्, भएको दल जतिखेर पनि छोड्न स्वतन्त्र हुनेछ। अहिलेको राजनैतिक परिवेशको फायदा उठाएर संघीयता र पाएको अधिकार पनि गुम्ने खतरा ठूला दलहरूबाट देखिँदा यस मोर्चाको गठन (लूज एलायन्स) को रूपमा अधिकारको रक्षा र आन्दोलनको प्रयोजनको लागि गर्नु परेको हो, चुनावको लागि होइन। जस्तै अरू ठूला दलहरूले गणतन्त्रको रक्षा गर्ने भन्छ तर संघीयताको रक्षा गर्ने कसैले चुइक्क बोल्दैनन्, समानुपातिक समावेशिता खारेज गर्ने कुरा गर्छन् ।

 

काँग्रेस र एमाले मिलेर गठबन्धन बनाउन हुने, संघीयता पक्षधरहरू गठबन्धन बनाउन नहुने भन्ने कुरा हुँदैन। अर्को मोर्चा बन्दा काँग्रेस, एमाले र माओवादी पक्षधरहरूलाई यो कुरा नराम्रो लाग्नु स्वभाविक नै हो किनकि उनीहरू त हामीलाई जतिखेर पनि खण्डित राखेरै राज गर्न चाहन्छन्। यस मोर्चामा सबै भन्दा ठूलो दल जनमत पार्टी (६) हो। त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४ं), तमलोपा,  जनता प्रगतिशील पार्टी, रा्ष्ट्रिय मुक्ति पार्टी रहेका छन्, नेतृत्त्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले लिनेछ। केही पत्रकार महोदयहरूमा अनुरोध, पार्टीको नाम उल्लेख गर्दा कम्तीमा कुन पार्टीको कति सीट हो, त्यस आधारमा गर्ने गर्नुस्, आफ्नो मानसिकताको आधारमा होइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९