गर्मी बढेसँगै सुरू हुने वन्यजन्तु र मानिसबीचको द्वन्द्व

जैविक विविधताको हिसाबले धनी देश नेपालमा धरै प्रजातिका जीवजन्तु रहेका छन्। जीव जगतको सबैभन्दा सर्वोच्च स्थानमा मानव जाति भएको नाताले सबै जीब-जीवात्माको समुचित संरक्षण र सम्बर्द्धन गर्नु मानव जातिको जिम्मेवारी हो र भावी पुस्ताको लागि वातावरण संरक्षणको कामहरू पनि देशका निकायहरूबाट हुँदै आएका छन्।

– प्रकाश रेग्मी

पृष्ठभूमि

यस धर्तीमा रहेका सबै जीवजन्तुहरू प्रकृतिको सुन्दर सिर्जना हुन्। सबैले यस धर्तीमा रहने अधिकार राख्दछन्। सन्तुलित पारिस्थितिक प्रणाली कायम राख्न पनि जीवजन्तुलगायत सबै वनस्पतीहरूको सन्तुलित संरक्षण र सम्बर्द्धन हुनु जरुरी छ। यसका लागि यस धर्तीमा रहेका सबै जीवजन्तुमध्ये मानिस नै सर्वोत्तम् चेतनशील प्राणी हुनुको नाताले उसैले यसको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने कुरामा दुई मत हुन सक्दैन।

यस स्तम्भका लागि मैले विभिन्न अनलाइन पोर्टलहरूमा प्राप्त हुन सक्ने रिपोर्ट, अन्य प्रकाशित लेखहरू र नेपाल सरकारको गृह मन्त्रालयले आफ्नो डिआरआर पोर्टलमा संग्रहित गरी सर्वसाधारणको लागि इन्टर्नेटमार्फत् उपलब्ध गराएको सन् २०१८ देखि सन् २०२४ सम्मको संग्रहित तथ्याङ्कहरूलाई आधार बनाएको छु।

वजन्तुको कुरा गर्दा वन क्षेत्रको र जंगली जानवरको कुरा आउने नै भयो। यस समन्धमा विभिन्न स्रोतका अनुसार फरक-फरक तथ्याङ्कहरू पाइन्छन्। हालै नासाद्वारा वित्त पोषित अनुसन्धानले सामुदायिक वनको व्यवस्थापन सुधार भएर नेपालको वनको क्षेत्रफल बढी  देशको कुल क्षेत्रफलको ४५ प्रतिशत पुगेको भनेको छ। त्यस्तै, नेपालको राष्ट्रिय भू-आवरण अनुगमन प्रणाली सन् २०२२ ले नेपालको कुल भू-क्षेत्रफलको ४६.०८ प्रतिशत ओगटेको जनाएको छ। जबकि, संसारको कुल भू-भागको ३१.१ प्रतिशत भू-भाग वनले ओगटेको मानिन्छ।

समुद्री सतहदेखि मापन गरिने पृथ्वीको सतहको उचाइमा रहेको विद्यमान अति विविधता हुनाको कारण नेपाल हावापानी, वनस्पति र जैविक  विविधतामा अत्यन्त धनी छ। नेपालमा झन्डै १७५ जातका जनावर रहेको मानिन्छ र ती सबै जातका जनावरहरू लगभग १७ हजार भन्दाबढी संख्यामा रहेको अनुमान गरिन्छ। देशको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटरको ४६ प्रतिशतले जम्मा ६७ हजार ८५७ वर्ग किलोमिटर वन क्षेत्र हुँदा प्रतिवर्ग किलोमिटर वनको क्षेत्रफलमा २५ जंगली जनावरहरू रहेको देखिन्छ।

पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिबीच एक प्रकारको अन्तर-सम्बन्ध रहेको हुन्छ भनिन्छ। त्यसैले, सबैको उचित र सन्तुलित संरक्षण र सम्बर्द्धन हुनु जरुरी छ। बितेका केही वर्षदेखि नेपालमा  वन्यजन्तु र मानिसबीच द्वन्द्व बढ्दै जाँदा धनको साथै मानिसको मृत्युको संख्यामा उल्लेख्य संख्यामा वृद्धि भएको पाइन्छ। सन् २०१८ देखि २०२४ सम्ममा जम्मा १४५३ घटनाहरू रेकर्ड गरिएका छन् र ती सबै घटनाबाट जम्मा २१२ जना मानव मृत्यु भएका छन्।

वन्यजन्तु र मानिसको द्वन्द्वको कारण

१. बढ्दो जनसंख्याको वृद्धिसँगै मानिसको वन क्षेत्रभित्र अतिक्रमणको कारण  वन्यजन्तु र मानिसको द्वन्द्व कारणहरूमध्ये सबैभन्दा बढी मात्रामा वर्णन गरिन्छ।  मानवीय आवश्यकताका साथै उसको चाहनाहरू बढ्दै जाँदा, मानिसले वन क्षेत्रभित्रका स्रोतहरूको अत्यधिक उपयोग गर्ने गरेका कारण मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको  छ।

२. जलवायु परिवर्तन र अन्य कारणले गर्दा वन क्षेत्रभित्र आएको जैविक विविधताको विनासले गर्दा वन्यजन्तुको आहारामा भएको कमीको कारण वन्यजन्तु आफ्नो आहाराको खोजीमा वन क्षेत्रभन्दा बाहिर जाँदा मानिससँग जम्काभेट हुने र द्वन्द्व बढ्ने सम्भावना हुन्छ।

३. नेपालमा हिउँदमा हुने लामो समयको सुख्खाले गर्दा गर्मी बढेलगत्तै हरियालीको मात्रा कम हुने, प्राणी जगतलाई अत्यावश्यक पानीको स्रोत कम हुँदै जाने, आगलागी हुनेजस्ता कारणले गर्दा वन्यजन्तु आफ्नो सुरक्षाको लागि सुरक्षित ठाउँ खोज्दै जाँदा बफर क्षेत्रमा बसोबास गर्ने मानिसबीच जम्काभेट हुने सम्भावनाले द्वन्द्व सिर्जना हुन्छ।

४. नेपालमा मनसुनको समयपछि वनको संघनतामा हुने वृद्धिले बफर क्षेत्रमा टाडासम्म देख्न नसकिने अवस्थाको सिर्जना हुँदा मानिस र जंगली जानवरबीच जम्काभेट हुने सम्भावना हुँदा पनि द्वन्द्व बढ्न सक्छ।

नेपालमा धेरै जातिका जंगली जनावर भए पनि केही निश्चित जनावर र मानिसबीचको द्वन्द्वका घटनाहरू बारम्बार समचारहरूमा आउने गरेको पाइन्छ। तिनिहरू हात्ती, गैंडा, बाघ, चितुवा, भालु र बाँदर मुख्य रुपमा रहेका छन्। एक सानो नमूना अध्ययनको लागि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका मुख्य जनावर, तिनको संख्या र निकुञ्जले ओगटेको क्षेत्रफलको विवरण टेबलमा उतारिएको छ।

नेपालका पूर्वी तराईका जिल्लाहरूमा बढी मात्रामा वर्षेनी हात्ती आतंक हुने गरेको समाचारहरू आउने गर्दछन्। हिउँदका हात्ती गाउँमा प्रवेश गरी हिउँदे बाली नष्ट पार्ने, झुप्रा घरहरू भत्काउने, मान्छेलाई कुल्चेर मार्नेजस्ता आतंक मच्चाउने गर्छन्। जंगलको किनारमा रहेका मदिरा बनाउने गाउँतिर हात्ती प्रवेश गरेको समाचारहरू प्रशस्त आउने गर्दछन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले निश्चित जनावरको लागि निश्चित क्षेत्रफलको जंगल आवश्यक पर्ने बताएको छ।  प्रति हात्तीको लागि कम्तीमा पनि २०० वर्ग किलोमिटर जंगल भूमि आवश्यक पर्नेमा चितवन राष्ट्रिय निकुञ्जमा ४५ देखि ५० ओटा हात्ती जम्मा ९५२ वर्ग किलोमिटरमा रहेका छन्।

चितवन र बर्दियाका मध्यवर्ती क्षेत्रहरूमा बाघको आंतक बढी देखिन्छ। मे ९,२०२२ को काठमाडौं पोस्टको समाचारमा लेखिएको छ – विगत ११ महिनाको अवधिमा चितवनमा मात्र १२ जना मनिसको मृत्यु बाघको आक्रमणबाट भएको छ। प्रतिबाघको लागि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले ५० वर्ग किलोमिटर वन भूमि हुनुपर्ने कुरा गर्छ। जबकि, चितवन राष्ट्रिय निकुञ्जले जम्मा ९५२ वर्ग किलोमीटर क्षेत्रफलको परिधिभित्र १२८ बाघ पालेर राखेको छ।

हाल चितवन राष्ट्रिय निकुञ्जमा जम्मा ६९४ वटा गैंडाहरू रहेको तथ्याङ्क छ। यस वर्ष  प्रारम्भ भएकै दिन अर्थात् २०८१ वैशाख १ गते  चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको थियो। बिहान ११:५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३९ बजे मृत्यु भएको थियो। यसरी सन् २०२४ को कुल अवधिमा मात्र चितवन जिल्लामा कुल १२ जनामाथि गैंडाले आक्रमण गरेको र त्यसमध्ये ८ जनाको मृत्यु भएको तथ्याङ्क छ। तथ्याङ्कले यो पनि पुष्टि गर्दछ कि हामीले आफ्नो क्षमता भन्दाबढी संख्यामा वन्यजन्तुको पालन पोषण गरिरहेका छौं। पछिल्लो समयमा नेपालका पहाडी क्षेत्रहरूमा बाँदरको बिगबिगी बढेको छ। किसानले दु:ख गरेर फलाएका कृषि उत्पादनहरू ठूलो मात्रामा नोक्सान पुर्‍याइरहेका छन्।

नेपालमा वन्यजन्तु घटनाहरूको स्थानीय वितरण

देशको सबै भागमा वन्यजन्तु प्रकोपका घटनाहरूको स्थानीय वितरण समान हिसाबले भएको पाइँदैन्। सन् २०१८ देखि सन् २०२४ सम्म सात वर्षको अवधिमा जम्मा १ हजार ४५३ वन्यजन्तु प्रकोपका घटना रेकर्ड भएका छन्। उक्त रेकर्डलाई नेपालको नक्सामा राखेर हेर्दा पूर्वी तराई, मध्य तराई र पश्चिम तराईका जिल्लाहरू बढी प्रकोपको जोखिममा रहेको देखिन्छ। पहाडी र हिमाली भेगमा घटनाहरू कम देखिन्छ।

ताप्लेजुङ, रोल्पा, रुकुम र डोल्पा जिल्लामा यस अवधिमा कुनै पनि घटना घटेको देखिँदैन भने झापा, बर्दिया, चितवन र मोरङजस्ता जिल्लाहरू वन्यजन्तुको अत्यधिक आक्रमणको सिकार भएको देखिन्छ। मानव मृत्युको हिसाबले चितवन जिल्लाले सबैभन्दा बढी सामना गरिरहेको छ। यस अवधिमा चितवन जिल्लाबाट मात्र ४५ जनाको मृत्यु भएकोमा, माडी क्षेत्रबाट १० जना रत्ननगर नगरपालिकाबाट १४ जना र भरतपुर महानगरबाट २० जनाको मृत्यु भएको देखिन्छ।

बर्दिया जिल्ला दोस्रो धेरै मानव मृत्यु हुने जिल्ला हो। यस जिल्लाबाट जम्मा ३७ जना र झापा जिल्लामा २६ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ। प्रभावित परिवारको हिसाबले सबैभन्दा धरै प्रभावित परिवार झापा (३४४), बर्दिया (२२७) र चितवन (१६६) रहेका छन्। त्यस्तै, घाइते मानव संख्याको हिसाबले चितवन (११३), बर्दिया (७७) र अछाम (५१) रहेको छ।

निष्कर्ष

जैविक विविधताको हिसाबले धनी देश नेपालमा धरै प्रजातिका जीवजन्तु रहेका छन्। जीव जगतको सबैभन्दा सर्वोच्च स्थानमा मानव जाति भएको नाताले सबै जीब-जीवात्माको समुचित संरक्षण र सम्बर्द्धन गर्नु मानव जातिको जिम्मेवारी हो र भावी पुस्ताको लागि वातावरण संरक्षणको कामहरू पनि देशका निकायहरूबाट हुँदै आएका छन्। संसारको कुल भू-भागको ३१ प्रतिशत वन भूमि रहेकोमा हामीसँग ४६ प्रतिशत वन भूमि हुँदासमेत बेला-बेला विकासका कार्य गर्दा केही रुख काट्नु पर्दा पनि कैयौं आन्दोलन र विकासका काममा ढिलाइ र खर्चमा बढोत्तरी हुने गरेको पाइन्छ। त्यस्तैगरी, जैविक विविधता जोगाउने नाममा आफ्नो क्षमता भन्दाबढी जंगली जनावरहरूको संरक्षण र सम्बर्द्धन गरिरहेका छौं। यसको प्रतिफलको स्वरुप संसारको जैविक विविधता सन्तुलनलाई सहयोग पुगिरहेको छ भने हामी आफूले आफ्ना नातागोता छर छिमेकी गुमाइरहेका छौं। यस्ता कुराहरूमा अब हामीले आफ्नो जिम्मेवारीको अनुपात किटान गरी आफ्नो क्षमतालाई विचार गरेर मात्रै वैदेशिक सहयोग स्वीकृति गर्नुपर्ने हो कि?

अमेरिकाले कुल वन भूमि र वन्यजन्तु संख्याको अनुपात मिलाउन सिकारीहरूलाई लाइसेन्स वितरण गरी ठूलो मात्रामा रोयल्टी संकलन गर्नुको साथै वन्यजन्तुबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने गरेको छ। वन्यजन्तुको जनसंख्या व्यवस्थापन गर्न सन् २०२२ मा मात्र अमेरिकामा ३ लाख ८४ हजार जंगली जनावरहरूलाई मार्न सिकारीहरूलाई अनुमति पत्र प्रदान गरेको तथ्याङ्कहरू विभिन्न अनलाइन पोर्टलहरूमा पाइन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर, यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा...

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप

राँझा (बाँके),  नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँचवटा नयाँ फिडर थप गरेको छ ।सोह्र वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै पाँचवटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

बेनी (म्याग्दी),  यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।     आइतबार आयोजित शिविरमा ७७ जना...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार

कीर्तिपुर (काठमाडौँ),  नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९