फतुवा बिजयपुरमा स्वास्थ्यचौकी बर्थिङ सेन्टर भवन निर्माण हुँदै

रौतहट। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका स्थित  स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको भवन निर्माण सुरु भएको छ। फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले एक समारोह बीच भवनको शिलान्यास गरेसँगै ८ कोठे १ तले भवनको निर्माणकार्य सुरु भएको हो। मेयर खातुनले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै  जनताको घर आँगनमै स्वास्थ उपचार सेवा पुर्याउने उद्देश्यले बिजयपुरमा थप नयाँ स्वास्थ्य चौकी भवन तथा बर्थिङ सेन्टर भवन निर्माण गर्न लागेको बताएकी थिइन्।

 

नगरपालिकाको एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्यका साथ भवन निर्माण कार्यलाई निरन्तरता दिइरहेको मेयर खातुनले जानकारी गराएकी थिइन्।  पुरानो तथा जीर्ण स्वास्थ्य चौकी भवनको स्तरोन्नति गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको वडामा स्वास्थ्य चौकी निर्माण गर्ने कार्यलाई विगतदेखि नै प्राथमिकता दिदैं आएको मेयर खातुनको भनाई छ। नगर स्तरीय कुल २६लाखको लागतमा ८ कोठे भवनको निर्माण कार्य भईरहेको फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत भरत यादवले न्युज कारखाना लाई बताएका छन्।

 

स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्यीय हल, ८ वटा कोठा सहित आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार उपभोक्ता समिति मार्फत निर्माण भईरहेको अधिकृत यादवले जानकारी दिएका छन्। स्वास्थचौकी तथा बर्थिङ सेन्टरको नयाँ भवन निर्माण पछी बिरामीको उपचार तथा स्थानिय सैयौं महिलालाई सुत्केरी गराउन सहज हुने बाहिर जानुपर्ने बाध्यताको अन्त हुने नगरपालिकाले बिश्वास लिएको नेता महमद सेराजले बताएका छन्।

 

फतुवा बिजयपुर नगरपालिकामा निर्वाचीत मेयर नेपाली कांग्रेसका गोपाल प्रसाद यादव डेढबर्ष अघी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर बिशेष अदालत द्धारा दण्डित भई पदच्यूत भएदेखि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९