प्रत्येक २ मिनेटमा बच्चा जन्माउने क्रममा एक महिलाको मृत्युः राष्ट्रसंघ

काठमाडौं । सन्तान जन्माउनु सजिलो कुरा होइन किनभने गर्भावस्था देखि सुत्केरीसम्म धेरै पटक महिलाहरुलाई धेरै जटिलताहरुको सामना गर्नु परिरहेको हुन्छ । यसबीचमा धेरै पटक यस्ता घटना पनि बाहिर आउने गरेका छन् जसमा बच्चा जन्माउँदा, गर्भावस्थामा र बच्चा जन्माएपछि महिलाको मृत्यु हुने गरेको छ। कुनै समय नेपालमा पनि सुत्केरीका क्रममा ठूलो संख्यामा महिलाको मृत्यु हुने गरेको थियो, जो विस्तारै नियन्त्रणमा आएको थियो । तर, अहिले फेरी विश्वभर मातृ मृत्युको खतरा बढेको छ।

 

विगत २५ वर्षमा मातृ मृत्युदरमा तीव्र गिरावट आए पनि संयुक्त राष्ट्र संघले सोमबार चेतावनी दिएको छ कि सुधारको गति रोकिएको छ र ऐतिहासिक विश्वव्यापी सहायता कटौतीका कारण मातृ मृत्यु दरहरू अब उल्टिने निश्चित छ। संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले सन् २०२३ मा २ लाख ६० हजार मातृमृत्यु भएको अनुमान गरेको छ । जसअनुसार पनि यस वर्ष प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।

 

विश्व स्वास्थ्य संगठनले शताब्दीको सुरुदेखि नै विश्वमा मातृ मृत्युदर ४० प्रतिशतले घटेको नयाँ प्रतिवेदनले देखाएको थियो । तर, सन् २०१६ यता धेरैजसो विकास ठप्प भएको उल्लेख गरिएको छ । डब्ल्यूएचओको यौन प्रजनन स्वास्थ्य र अनुसन्धान शाखाका प्रमुख पास्केल एलोटेले प्रगतिको गति लगभग सुस्त भएको र केही क्षेत्रमा पहिले नै पछाडि सर्दै गएको बताए। यद्दपी, उनले यो जोड दिए कि अझै पनि अधिकांश मातृ मृत्यु रोक्न सकिन्छ।

 

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भनेका छन्, ‘यस रिपोर्टले आशाको झलक देखाएको भए पनि तथ्याङ्कले आज विश्वका धेरैजसो क्षेत्रमा गर्भावस्था कति खतरनाक छ भन्ने कुरालाई पनि प्रकाश पारेको छ।’ मातृ मृत्युदर विरुद्धको लडाईमा प्रगति लगभग एक दशक पहिले सुस्त हुन थालेको संयुक्त राष्ट्र संघले जनाएको छ । तर, संयुक्त राष्ट्रका अन्य एजेन्सीहरूले चिन्ता व्यक्त गरेका छन कि विश्वव्यापी सहायतामा कटौतीले स्थिति थप बिग्रन सक्छ।

 

जस्तो कि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा कार्यालयमा फर्किएपछि विश्वभरका मानवीय संस्थाहरू संकटमा परेका छन्। संयुक्त राष्ट्रले यसपछि भनिरहेको छ कि ‘कोषमा कटौतीले पहिले नै सुविधाहरू बन्द गर्न र स्वास्थ्यकर्मीहरूको नोक्सान निम्त्याएको छ र र जीवन बचाउने औषधिको आपुर्तिहरू जस्तै रक्तस्राव, प्रि–एक्लामसिया र मलेरियाको उपचारका लागि शृङ्खलाहरू अवरुद्ध भएका छन, जसका कारण सबै मातृ मृत्युको प्रमुख कारण बनिरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९