सय टन जिउँदो गोहीकाे चीनमा हुदैँछ लिलामी, कारण सुनेर नपर्नु छक्क

काठमाडौ । चीनको शेन्जेन नानसान जन अदालतले अनौठो निर्णय दिँदै १०० टन जीवित गोहीको अनलाइन लिलामी सुरु गरेको छ । यो लिलामी अलिबाबाको न्यायिक लिलामी प्लेटफर्ममा सञ्चालन भइरहेको छ। यी गोहीहरूको लागि प्रारम्भिक बोली ४० लाख युआन (लगभग ५ लाख ५० हजार अमेरिकी डलर) राखिएको छ । यो मामला गुआंगडोङ होङ्गी क्रोकोडाइल उद्योग कम्पनीसँग सम्बन्धित छ, जुन मो जुनरोङ नामका व्यापारीले २००५ मा सुरु गरेका थिए।

 

मो जुनरोङलाई कुनै समय चीनमा ‘क्रोकोडाइल भगवान’ भनेर चिनिन्थ्यो तर समयसँगै उनको कम्पनी भारी ऋणमा फस्यो। कम्पनीको सम्पत्ति जफत गरिएको थियो, जसमा यी १०० टन जीवित गोहीहरू समावेश थिए। अब अदालतले यी गोही बेचेर कम्पनीको ऋण चुक्ता गर्नुपर्ने फैसला गरेको छ । यो लिलामी मार्च १० मा सुरु भएको थियो, जुन अब २०२५ मे ९ सम्म चल्नेछ, अर्थात् कुल दुई महिनाको अवधिमा बोलपत्रहरू राख्न सकिन्छ।

 

अदालतले चीनमा गोहीको लिलामी सम्बन्धमा धेरै महत्त्वपूर्ण शर्तहरू पनि राखेको छ। गोही पाल्न खरिदकर्तासँग लाइसेन्स हुनु अनिवार्य छ । बोलपत्र जित्नुभयो भने समात्ने, तौल गर्ने, ढुवानी र ढुवानीको खर्च व्यहोर्नु पर्नेछ । लिलामीमा सहभागी हुन ३ लाख युआन जम्मा गर्नुपर्नेछ । यदी कुनै खरिदकर्ताले शर्तहरू पूरा गर्न असमर्थ भएमा, उसको निक्षेप जफत हुनेछ।

 

चीनमा गोही एक जनावर मात्र नभई व्यापारिक मोडल हो । गोहीलाई संसारमा बहुमूल्य व्यावसायिक स्रोतको रूपमा हेरिन्छ। यिनीहरूबाट बनेका उत्पादनहरूमा धेरै प्रकारका चीजहरू समावेश छन् । जस्तो कि, छालाका सामानहरू, मासुका बिभिन्न परिकार, औषधि र औषधिजन्य उत्पादन, सौन्दर्य उत्पादन, मगरमच्छको रक्सी, जुन परम्परागत चिनियाँ औषधिमा लोकप्रिय रहेको छ ।

 

यी स्यामी गोहीहरूलाई २००३ मा चिनियाँ सरकारले व्यावसायिक रूपमा पालनपोषण गर्न अनुमति दिएको थियो। प्रत्येक गोहीको वजन २०० देखि ५०० ​​किलोग्रामसम्म हुन सक्छ। त्यसैले यो १०० टन करिब २०० देखि ५०० गोही बराबर हुन्छ। यो लिलामी बाहिर आएसँगै सामाजिक सञ्जालमा बहस र ठट्टा दुवै सुरु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९