काठमाडौं उपत्यका वायु प्रदुषणको उच्च जोखिममा

काठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ।

– प्रकाश रेग्मी

परिचय

हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा बिचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ।

लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात् बितेको र आफूले नै भोगेको कुरा पनि बिर्सने हुँदो रहेछ। यसै गत हप्ताको वायु प्रदुषण तथ्याङ्कको डेटा प्राप्त होला भन्ने आशाले लेखन कार्य सुरुआत गरें तर सोचेको डाटा प्राप्त हुन नसकेर पुरानो डाटाको आधरमा काठमाडौं र आसपासको वायु प्रदुषण सूचकांक नक्सा तयार भएको छ। यस लेखमा यसैलाई मात्र आफ्नो प्रेरणा सम्झेको छु।

यस लेखको लागि आफूले अध्ययनको क्रममा सिकेका केही ज्ञान, अनलाइन पोर्टलमा प्रकाशित लेखहरू, नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको सन् २०१९ र २०२० को वास्तविक समय डाटा र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडीडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग गरिएको छ। हावाको गुणस्तर मापनको लागि प्रतिघन मिटर हावामा रहेका कुल निलम्बित कणहरूको संख्यालाई आधार बनाइएको छ। जुन वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएका विभिन्न किसिमका वायु प्रदुषणको प्रकारमध्ये एक हो।

वायु ग्यासहरूको एक अदृश्य मिश्रण हो, जसले पृथ्वीलाई घेरेर रहेको छ। जसमा नाइट्रोजन (७८%), अक्सिजन (२१%), आर्गन, कार्बन डाइअक्साइड र पानीको वाष्पजस्ता अन्य ग्यासहरूको थोरै मात्रा मिलेर बनेको हुन्छ। हावाको गुणस्तर एयर क्वलिटी इन्डेक्स विधिद्वारा मापन गरिन्छ। एयर क्वलिटी इन्डेक्स मापन गर्दा पाँच प्रमुख वायु अवयवहरूलाई लिएर गरिन्छ। तिनिहरू ओजन तह, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड हुन्।

वायु प्रदुषण भन्नाले वायुमण्डलको प्राकृतिक विशेषताहरूलाई परिमार्जन गर्ने र मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने कुनै पनि रासायनिक, भौतिक वा जैविक तत्वद्वारा भित्री वा बाहिरी वातावरणको प्रदुषणलाई बुझिन्छ। यसले हावामा हुने हानिकारक पदार्थहरूको उपस्थितिलाई जनाउँछ, जुन सामान्य पृष्ठभूमि स्तरभन्दा बढी हुन्छ र जीवित जीवहरूमा नकारात्मक प्रभाव पार्छ।

गत हप्प्ता काठमाडौंबाट प्रकासित सबैजसो पत्रपत्रिकामा काठमाडौंको वायु प्रदुषणबारे समाचार तथा लेखहरू प्रकाशित भए। कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा २०८१  चैत्र २१ गते बसेको बैठकले ९ बुँदे निर्णयमा वायु प्रदुषण बढ्न नदिन सम्बन्धित सरोकारका निकाय र सर्वसाधारणका नाममा एक निर्देशिका जारी समेत गरियो।

वायु प्रदुषणको कारणहरू

• नेपालमा हिउँदमा पश्चिमी वायु बहन्छ जुन चिसो र सुख्खा हुन्छ। त्यस समयमा जमिनमा रहेका धुलोका कणहरु सुक्खा हुँदै जान्छन्। यसका साथै रुखबाट झरेका पातहरू पनि सुख्खा भएर जमिनमा रहेका हुन्छन्। चैत महिना लागेसँगै पश्चिमी वायुको प्रभाव घट्दै जाने र मनसुनी वायु विस्तारै बढ्दै जाने क्रम सुरू हुन्छ। अर्थात् यो समय दुई फरक प्रकृतिका वायुको बीचको संक्रमणकालीन अवधि पनि भन्न सकिन्छ। यो समयमा जमिनमा रहेका सुख्खा धुलकण र सुक्खा पात पतिङगरहरू हावाको गति बढेसँगै वायुमन्डलमा मिसिन्छन् र यस समयमा वायु प्रदुषण बढ्ने उच्च सम्भावना रहन्छ। यसका अलावा ज्वालामुखी विस्फोट र समुद्रबाट निस्कने नुनको कणजस्ता कारणले वायु प्रदुषण बढ्न जान्छ। यस्ता कारणहरू प्राकृतिक कारणहरू हुन्, जसमा मानव जातिले स्थानीय तहमा केही गर्न सक्दैन।

• नेपालमा गर्मी बढेसँगै आगलागीका प्रशस्त घटनाहरू हुने गर्छन्, तिनमा अधिकांश घटनाहरू मानव निर्मित हुन्छन्। काठमाडौंमा चल्ने अधिकांश सवारी साधनहरूबाट निस्कने धुवाँका कारण त्यहाँको वायुमन्डलमा अतिरिक्त धुल कण मिसिनाले वायुमन्डल थप प्रदुषित हुन जान्छ।

• काठमाडौं वरपरका जिल्लाहरूमा अझै पनि घरेलु इन्धनको रुपमा दाउराको प्रयोग हुन्छ र यसै समयमा घर वरपरका झारपातहरू सुक्ने हुनाले तिनलाई बिसर्जन गर्न आगो लगाउने प्रचलन छ।

• काठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। फेरि चैत महिनाको वरपर पश्चिमी वायुको प्रभाव घट्दै जाने र बंगालको खाडीबाट उत्तर-पश्चिम दिशा भएर बहने हावाले नेपालको तराईको वायुमन्डलमा रहेका निलम्बित कणहरूसहितको हावा उडाएर काठमाडौं उपत्यकाको आकाशमा पुर्‍याउँछ र उक्त निलम्बित कणहरूसहितको हावा रातिको समयमा चिसो हुन गई त्यो हावाको घनत्व बढ्छ, उक्त हावाको तौल पनि बढ्न जानाले वायुमन्डलको तल्लो तहमा आएर चिसो हावाले भरिएको कुवाजस्तो भएर रहन्छ।

काठमाडौं र यसको वरपरको वायुमन्डलको प्रदुषण अवस्था  

माथि उल्लेखित सूचना स्रोत अनुसार नेपालमा भएका २७ वटा वायु प्रदुषण मापन केन्द्रहरूबाट उपलब्ध वायुमन्डलमा रहेका निलम्बित कणहरूको संख्याको आधारमा तयार गरिएको रास्टर नक्साले काठमाडौं र वरपरका ठाउँहरूको वायु प्रदुषणको अवस्थालाई देखाउँछ।

वास्तवमा वायुमन्डलमा रहेको हावा अत्यन्त गतिशील हुने हुनाले प्रत्येक ठाउँ र हरेक समयमा यसको दर फरक हुन्छ। तर पनि यस नक्सा तयार पार्दा सन् २०२० को जनवरी महिनाको १ गते प्रत्येक सूचना केन्द्रबाट सङ्कलन गरिएका प्रतिघनमिटरमा वायुमन्डलमा रहेका निलम्बित कणहरूको संख्या सयौंको संख्यामा रहेका वास्तविक समय डेटालाई औसत मान निकालेर तयार पारिएको हो।

प्रतिघनमिटर हावामा ५० भन्दा कम निलम्बित कणहरूको संख्या भएमा त्यस्तो हावालाई सुरक्षित हावा मानिन्छ। त्यस दिन काठमाडौंमा रहेको भैंसेपाटी केन्द्रमा सबैभन्दा बढी निलम्बित कणहरूको संख्या पाइएको थियो। त्यहाँ त्यस दिन प्रतिघनमिटरमा हावामा ६८७  निलम्बित कणहरूको संख्या रहेको पाइयो। यो संख्या वायु गुणस्तर श्रेणीमध्ये सबैभन्दा खतरनाक श्रेणीमा प्रदर्छ। त्यसदिन काठमाडौंको नजिकै रहेको धुलिखेलमा सबैभन्दा कम निलम्बित कणहरूको संख्या रहेको पाइयो (११)। त्यसपछि क्रमश: पोखरा (३०), लुम्बिनी (३१), धनकुटा (३१), दमक (४३) र सुर्खेतमा (५०) देखिएका थिए। यसको मात्रा ५१ देखि १०० सम्म भएका स्थानलाई मध्यम वर्गमा राखिएको छ, जसमा दाङ (५३), शंकरपार्क (७०) र नेपालगन्जमा (८१) मापन गरिएको छ। मापनको मात्रा १०१-१५० :  संवेदनशील मानव समूहहरूको लागि अस्वस्थ मानिन्छ, जसमा चितवन (१२७), पुल्चोक (१३२), रत्नपार्क (१३७) र सिमरामा १५० रहेको छ। त्यसैगरी, तराईको जिल्ला सुनसरीमा १८५ मापन गरिएको छ, यो मात्रालाई अस्वस्थ वर्गमा राखिएको छ।

यी फरक केन्द्रका औसत मानहरूलाई नियमित वितरणको हिसाबले नक्सामा उतार्दा माथिको नक्सा तयार भएको छ। त्यस दिन झन्डै विराटनगरदेखि बुटवलसम्म प्रदुषित हावा रहेको देखिन्छ। काठमाडौंको पश्चिमी भागमा झन्डै ४५ किलोमिटरको परिधिभित्र झन्डै चितवन र सिमरासम्म त्यस दिन अति संघन वायु प्रदुषण रहेको देखिन्छ।

वायु प्रदुषण न्यूनीकरण प्रविधिहरू

वायु प्रदुषणको प्रभावलाई कम गर्न नेपाल सरकारको मिति २०८१/१२/२१ गतेको बैठकबाटै ९ बुँदे निर्णय पत्र सम्बन्धित निकाय र सर्वसाधारणका लागि प्रसारण गरिसकिएको छ। जसमा सचेतनामुलक कर्यक्रमसहित केही नीतिगत निर्णय भएका छन्। ती बुँदाहरू दोहोर्‍याइरहन आवश्यक परेन। तिनका अलवा केही आफ्नो मनमा आएका भावनाहरू यस लेखमा राख्न चाहें।

हेरचाहभन्दा रोकथाम राम्रो हो तर पनि रोग लागिसकेपछि हेरचाह पनि आवश्यक कुरा भयो। हावामा आइसकेको वायु प्रदुषण घटाउन सबैभन्दा उत्तम उपाय हावामा पानीको मात्रा बढाइ वर्षा गराउनु हुन्छ। वर्षापछि वायुमन्डलमा रहेका निलम्बित कणहरू वर्षाको पानीसँगै जमिनमा झर्छन् र वायुमन्डल स्वच्छ हुन जान्छ।  यसका अलावा स-सानो कोठामा हावा सफा गर्न विधि र उपकरणहरू पनि बजारमा आएका छन्।

• कृत्रिम वर्षा, जसलाई क्लाउड सिडिङ पनि भनिन्छ, यो एक मौसम परिमार्जन प्रविधि हो जसमा वर्षा गराउनको लागि सिल्भर आयोडाइड, पोटासियम आयोडाइड, वा सुख्खा बरफजस्ता पदार्थहरू बादलहरूमा घुसाएर हावामा रहेका कणहरूलाई थप सघन गराई बादलमा रहेका स-साना पानीका कणहरूलाई ठूला पानीका थोपाहरूमा परिमार्जित गराई तौल भार बढाएर वर्षा गराइन्छ।

• स्थानीय ज्ञान,  म सानो छँदा तराईमा लामो समयसम्म पानी नपर्दा जलधारो खेल्ने प्रचलन थियो। यो एक फागू पूर्णिमामा फागु खेलिने प्रक्रियाजस्तै रङको सट्टा पानीको प्रयोग गरेर खेलिन्छ। र यो खेलपछि वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ। यो विश्वासमा कति सत्यता छ, त्यो भने म भन्न सक्दिन्नँ तर यो खेलपछि जमिन भिजेको हुन्छ र जमिनबाट थप धुलोका कणहरू हावामा जान पाउँदैन। अर्को, जमिननजिकको हावामा पानीको मात्रा बढ्न गई हावामा रहेका स-साना पानीका कणलाई संघन र तौल भार बडाउने काम भने पक्का गर्दछ। फेरि यो काम गर्न ठु्लो धनराशी खर्च गर्न पर्दैन र स्थानीयहरूलाई अत्यधिक परिचालन गर्न पनि सकिन्छ।

• हावा शुद्ध गर्ने,  आजकल हावा शुद्ध गर्ने मेसिन बजारमा पाइन्छन्। यसले खुल्ला हावामा काम गर्दैन तर बन्द कोठामा राम्रोसँग काम गर्दछ। वायु गुणस्तर सूचकांक ५० भन्दा कमलाई राम्रो मानिन्छ। यसले यदि कोठाबाहिरको वायु गुणस्तर सूचकांक १५० देखि २०० सम्मको छ भने बन्द कोठाभित्र ५० सम्म ल्याउन मद्दत गर्छ। त्यसैले, निश्चित वर्गका मानिसले यसको प्रयोग गरेर सम्भाव्य वायु प्रदुषणको जोखिमबाट बच्न सक्छन्।

(भरतपुर, चितवन, हाल : अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९