अन्ततः ब्रम्हाण्डमा फेला परयो जीव भएको अर्काे ग्रह

काठमाडौं । जबदेखि मानवले समझको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ । पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम वर्षौंदेखि भइरहेको छ । अब एलियन जीवनको बारेमा एक बलियो संकेत प्राप्त भएको छ, जसपछि यो सम्भव छ कि हामी चाँडै अर्को ग्रहमा जीवन पत्ता लगाउन सक्छौं।

 

वैज्ञानिकहरूले अर्को ताराको परिक्रमा गर्ने टाढाको संसारमा जीवन हुन सक्ने नयाँ प्रमाण फेला पारेका छन्। के टु- बी १८ नामक ग्रहको वायुमण्डलको अध्ययन गर्ने क्रममा  क्याम्ब्रिज टोलीले पृथ्वीमा सामान्य जीवहरूले मात्र उत्पादन गर्ने अणुहरूको संकेत पत्ता लगाएका छन् । नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएटी) द्वारा ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायनहरू पत्ता लागेको यो दोस्रो पटक हो। यस पटकको प्रमाणले पहिले भन्दा धेरै आशा जगाउँछ तर खोज टोली र स्वतन्त्र खगोलविद्हरू भन्छन् कि यी परिणामहरू पुष्टि गर्न थप डेटाहरू अझै आवश्यक रहेको छ।

 

बीबीसीको एक रिपोर्टका अनुसार प्रमुख अनुसन्धानकर्ता तथा क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ एस्ट्रोनोमीका प्रोफेसर निक्कु मधुसूदनले छिट्टै ठोस प्रमाण आउने अपेक्षा गरेका छन् ।  ‘यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो कि त्यहाँ सम्भवतः त्यहाँ जीवन छ,’ प्रोफेसरले भने, ‘म वास्तविक रूपमा भन्न सक्छु कि हामी यो संकेत एक देखि दुई वर्ष भित्र पुष्टि गर्न सक्छौं।’

 

 

के टु- बी १८ पृथ्वी भन्दा साढे दुई गुणा ठूलो छ र पृथ्वीबाट ७०० ट्रिलियन माइल टाढा छ। के टु- बी १८ ले एउटा सानो रातो सूर्यको परिक्रमा गरिरहेको छ । जुन टेलिस्कोपले यो सबै खोज गरिरहेको छ, जेडब्लुएटी यति शक्तिशाली छ कि यसले सानो रातो सूर्यबाट गुजरने प्रकाशबाट केटु– बि १८ ग्रहको वायुमण्डलको रासायनिक संरचनाको विश्लेषण गर्न सक्छ। पृथ्वीमा भने यी ग्याँँसहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले उत्पादन गर्छन्। सोही आधारमा बैज्ञानिकहरूले ब्रम्हाण्डमा जीवन भएको अर्को ग्रह पत्ता लगाएको दावी गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९