बर्दगोरिया गाउँपालिका वडा नं ३ को नवनिर्मित कार्यालय भवनको उद्घाटन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित खैरेनीमा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । अध्यक्ष कर्ण बहादुर कुँवरले पानसमा दिप बाली र शिला लेखको व्यानर उघारेर भवनको उद्घाटन गरेका हुन् । कार्यक्रम बोल्दै पालिका अध्यक्ष कुँवरले अब गाउँपालिकाको ६ वटै वडा कार्यालयको आफ्नै भवन भएको बताए । उनले वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन गाउँपालिकाले हर तरहले कोशिश गरेको बताए । आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासीले राम्रो सेवा पाउने उनले बताए । वडा नम्बर ३ ले बिकासका रुपमा फडको मारेको बताउदै आगामी बजेटमा वडा नम्बर ३ को स्वास्थ्य ईकाईलाई थप प्रभाकारि बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा बोल्दै उपाध्यक्ष गणेश राज गिरिले वडा कार्यालय बाट जनताका कामहरु छिटो छरितो हुनेमा आफू बिस्वस्त रहेको बताए । वडा कार्यालय भनेको जनता संग प्रत्येक्ष जोडिने भएको हुदा काम गरिखाने बर्ग किसान,मजदुरहरुले अब उपरान्त यश वडा बाट सम्मानका साथ सेवा पाउने कुरा आश गरेको बताए । आफुहरु सेवा गर्न आएका हौ, त्यसैले बाहिरका कुराहरुमा नलाग्न आम समुदायलाई आग्रह गर्दै उपाध्यक्ष गिरिले भने आम जनसमुदाय ,गरि खाने बर्ग र किशानका सेवक हौ ।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बिक्रम श्रेष्ठले राज्यको संरचना अनुसार जनतालाई पालिकाबाट सेवा दिने र बाकी रहेका केही सेवाहरु वडाबाट दिनका लागि वडा कार्यालयहरु स्थापना भए अनुरुप आज यो वडा कार्यालय उद्घाटनले यहाँका जनताले घर आगनमा सहज तरिकाले सेवा पाउने कुरामा आफू बिस्वस्त रहेको बताए ।कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले वडा कार्यालय उद्घाटन पश्चात् यश क्षेत्रका जनताले अब उपरान्त सेवा सहज रुपमा पाउने बताए ।कुलदेव निर्माण एण्ड बिल्डर्स प्रा लि ले १ करोड २९ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष मनऋषि आचार्यले बताए । कार्यक्रममा वडा कार्यालय निर्माणार्थ जग्गा सहयोग गर्ने रत्नऋशी आचार्य,चिम्ती आचार्यलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । वडा कार्यालयलाई ५ कठ्ठा जग्गा दाजुभाई मिलेर दान गरेका थिए । जग्गा दान गर्नेमा बर्तमान वडा अध्यक्ष मनऋषी आचार्य हुन । उनले २०७४ सालको निर्वाचनमा निर्वाचित कर्ने सुनारको टिमलाई ५ कट्ठा जग्गा दान गरेका थिए ।

 

सो अवसरमा संघीयताको करिब ७ वर्ष पछि कार्यकालमा वडाको आफ्नै भवन निर्माण भई उद्घाटन समेत गरिएकोमा वडाध्यक्ष आचार्यले खुशी व्यक्त गरे । उनले आफूले वडावासीलाई आफ्नो बलबुताले भ्याएसम्म सेवा दिएको र आगामी दिनमा अझै सहज तरिकाले सेवा दिने बताए ।

 

वडाध्यक्ष मनऋषी आचार्यको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथी रहनु भएको थियो । यसै गरि कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरि र प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठ बिशिस्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी,शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,कार्यपालिका सदस्य,वडा सदस्य ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । वडा सदस्य बसन्ती साउदले स्वागत गरेको कार्यक्रमको संचालन कर्मचारी विष्णु बिष्टले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९